+
+
Shares

७ जिल्लामा आकस्मिक प्राथमिक उपचार तालिम

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते १०:५५

३० मार्च, यूएई । गैरआवासीय नेपाली संघ यूएईको संयोजनमा डिस्कभरी रोयल स्पोर्टस् कम्पनी यूएईले नेपालका ७ जिल्लामा आकस्मिक प्राथमिक उपचार तालिम दिएको छ ।

कम्पनीले चैत १ गतेदेखि सुरु गरेको तालिम ८ गते सम्पन्न भएको हो । चितवन। धादिङ, तनहुँ, कास्की, सिन्धुपाल्चोक, दोलखा र काभ्रेका विभिन्न १६ स्थानमा ९६० जनालाई तालिम दिएको जानकारी दिएको छ ।

चितवन घर भइ लामो समयदेखि हाल यूएईमा रहेका ओम उप्रेतीको नेतृत्वमा ८ जनाको टिमले व्यक्तिग जीवनमा आवश्यक पर्ने तालिम दिएका हुन् ।

पैसा दिएर मात्रै समाजसेवा नहुने भन्दै उनले विपत्मा जीवन बाच्ने ज्ञान दिन नै समाजसेवा हुने भन्दै तालिम दिइएको बताएका छन् ।

चैत १ गते चितवनबाट सुरु भएर ८ गते काभ्रेमा सम्पन्न भएको तालिममा उत्साहजक सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?