Comments Add Comment

कानून बनेपछि बाढीपीडितका समस्या समाधानः मन्त्री केसी

१६ चैत,सुर्खेत । कर्णालीकी भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कानून बनेपछि बाढीपीडितहरुका समस्या समाधान हुने बताएकी छन् ।

‘रारा कर्णाली पर्यटन महोत्सवको पूर्वतयारीका लागि शुक्रबार मुगु जानेक्रममा गिरिघाटस्थित बाढीपीडित शिवरमा पुगेकी उनले कानून नबन्दा समस्या भएको बताएकी हुन् । ‘बाढीपीडितका समस्याप्रति सरकार गम्भीर छ, तर कानूनको अभावमा अहिलेनै समस्या समाधान गर्न सकिएको अवस्था छैन् ।’ उनले भनिन् ।

बाढीपीडितका समस्यालाई सम्बोधन गर्नका लागि यसअघि बनेका वन र भूमि व्यवस्था सम्बन्धी ऐन कानून र नीति नियमनै बाधक बनेको मन्त्री केसीको भनाइ छ ।

सरकारको प्रवक्ता समेत रहेकी मन्त्री केसीले कानून निर्माण गर्ने प्रक्रियामा लागेको जानकारी दिँदै कानून बनेलगतै बाढीपीडितका समस्या समाधान गरिने बताइन् । ‘कानून बनेको केहीदिन भित्र बाढीपीडितहरुका समस्या हुनेछन्,’ उनले भनिन्,’कानून बनेको भोलिदेखि नै समस्या समाधान गर्नतिर लाग्नेछौँ ।’

बाढीपीडित शिबिरमा तत्कालका समस्या समाधान गर्नका लागि स्थानीय सरकारसँग हातेमालो गरेर अगाडि बढ्ने मन्त्री केसीले बताइन् ।

०७१ साको बाढीबाट बिस्थापित भएकाहरु मध्ये गिरिघाट शिवरमा मात्रै १२१ घरपरिवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment