Comments Add Comment

सडक र पोल झोलामा हालेर हिँड्दा अवस्था दयनीयः माधव नेपाल

१६ चैत, काठमाडौं । एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सडक विस्तारको काम पूरा नभइ बजेट निकासा नगर्न सरकारलाई सुझाव दिएका छन् ।

बरिष्ठ नेता नेपालले काम सम्पन्न भएपछि मात्रै एकमुष्ट बजेट निकासा भए सडक निर्माणको काम समयमै सम्पन्न हुने अवस्था आउने स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित ‘समाजवादका लागि भौतिक पूर्वाधार’ विषयक विचार गोष्ठीमा बोल्दै उनले समयमै गुणस्तरीय काम सम्पन्न हुने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

‘झोलामा सडक र पोल’ हालेर हिँडेका कारण काठमाडौं उपत्यकाको सडकको अवस्था दयनीय बन्न गएको समेत नेता नेपालले स्मरण गराए ।

वरिष्ठ नेता नेपालले परिणाममुखि काम गर्न सम्बन्धित निकायलाई सचेत गराउन सरकारसँग आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै उनले सोही अनुसार सरकारका सबै निकायले काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बैशाख महिना भित्र काठमाडौं उपत्यकाको सडकलाई व्यवस्थित बनाउने घोषणा गरे ।

उनले निर्माण क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई पनि बैशाख महिना भित्रै समाप्त पार्ने योजना पनि अघि सारिएको बताए ।

मन्त्री महासेठले यात्रुको चाप रहेको काठमाडौंको मुख्य-मुख्य स्थानमा तत्काल सडकको उचित व्यवस्थापन गर्न निर्देशन दिइएको पनि स्मरण गराएका थिए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थासम्बन्धी कार्यक्रमबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment