+
+
Shares

२४ बर्षमा अनमोल, भन्छन्-‘गर्न बाँकी धेरै छ’

राति १२ बजे आयो आमाको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते १३:२९

नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसी आजबाट २४ बर्षमा प्रवेश गरेका छन् । नेपाली मिति अनुसार उनको जन्मदिन चैत्र १७ गते हो । तर, तिथीअनुसार आज जन्मदिन परेको अनमोलले बताए ।

अनमोल बिहानै काठमाडौंका आधा दर्जन मन्दिरमा पुगेर फर्किएका छन् । उनले अनलाइनखबरसँग भने-‘बुढानिलकण्ड, भैरव, गणेश मन्दिर, भाटभटेनीको मन्दिरमा पुगेँ ।’

भगवानसँग के माग्नुभयो भन्ने प्रश्नमा उनले भने-‘मैले आफ्नो लागि त केही पनि मागिनँ । संसारका सबै दुखी मानिसहरुले सुख पाउन् भनेर मागेँ ।’यसरी, मन्दिरमा पुग्दा के अनमोलले आफ्नो अनुहारमा माक्स लगाउँछन् त ? उनले ठट्यौली शैलीमा भने-‘बाहिरबाटै दर्शन गर्दा त लगाउँछु । तर, भगवानको अगाडि पुग्दा उहाँले माक्समा चिन्नुहुन्न, त्यसैले खोल्छु ।’

आफूले सानो उमेरमा नै धेरै कुरा पाएको भन्दै अनमोलले आज परिवारसँग डिनर गर्ने, साथीहरुलाई भेट्ने योजना रहेको सुनाए । उनलाई सबैभन्दा पहिलो ‘विस’ आमा सुस्मिता केसीले गरेकी थिइन् । राती १२ बजे नै आमाले विस गरेको अनमोलले सुनाए । उनलाई जन्मदिनमा केटी फ्यानहरुले धेरै विस गरेका छन् ।

२४ बर्षको उमेरमै पाएको सफलतालाई कसरी हेर्नुभएको छ भन्ने प्रश्नमा अनमोल भन्छन्-‘मैले पैसा त खासै कमाएको छैन । तर, जुन तरिकाले दर्शकहरुले माया दिनुभएको छ, त्यो नै मेरा लागि सबैभन्दा ठूलो महत्व राख्छ ।’

अनमोल आफूले चलचित्र क्षेत्रका लागि अझै धेरै गर्नै बाँकी रहेको बताउँछन् । उनले भने-‘मैले ५ वटा चलचित्रमा अभिनय गरेँ । अझ, धेरै गर्न बाँकी छ । सबैको प्रतिक्रियालाई लिएर अगाडि बढ्ने प्रयास गर्छु ।’

भविष्यमा उनी दौरा-सुरुवाल लगाएर कुनै चलचित्रमा काम गर्न चाहन्छन् । करिअरमा एकपटक भए पनि यस्तो चलचित्रमा काम गर्ने धोको रहेको उनले सुनाए ।
नायक भूवन केसीले अनमोललाई ‘आफू राम्रो बाबु बन्न सकेँ या सकिनँ ?’ भन्दै फेसबुकबाट विस गरेका छन् । अनमोललाई पिता भूवन केसी के असल बाबु बन्न सके भन्ने लाग्छ त ? अनमोल भन्छन्-‘उहाँ जस्तो राम्रो ड्याडी पाउन त अघिल्लो जुनीमा मैले तपस्या नै गरेको हुनुपर्छ । मलाई हरेक चिजमा सपोर्ट गर्ने उहाँ एउटा असल पिता हुनुहुन्छ ।’

२४ बर्षे यी सुपरस्टार के प्रेममा छन् ? अनमोलले आफू रिलेशनसिपमा नरहेको बताए । भने-‘मलाई अहिले प्रेम गर्नेतर्फ ध्यान नै छैन । अहिले, म करिअरलाई अगाडि बढाउन लागिपरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?