+
+

साउदीबाट श्रीमतिलाई पैसा पठाउँदा जमानले जिते लाखौंको कार

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते १७:०२

१६ चैत, काठमाडौं । परिवार पाल्न साउदी अरबमा रोजगारीका लागि गएका जमानसिंह तामाङले आफ्नी श्रीमतिलाई घरखर्चवापत पैसा पठाउँदा भाग्य चम्किएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजना गरेको लक्की ड्रमार्फत् उनले लाखौं रुपैयाँ पर्ने कार नै उपहार पाएका छन् ।

सिटी एक्सप्रेसले गत दशैं- तिहार र छठको अबसर पारेर यो उपहार योजना ल्याएको थियो । सोही योजना अन्र्तगत तामाङ सिटी एक्सप्रेसको साउदी अरबस्थित एजेन्ट एएनबी टेलिमनीबाट पत्नी बिमलालाई इलाममा पैसा पठाएका थिए ।

हालै काठमाण्डौमा आयोजित कार्यक्रममा तामाङलाई रेनोल्ट क्वीड गाडी हस्तान्तरण गरियो ।

९० दिनसम्म चलेको ‘सिटी एक्सप्रेस उत्सव एक्सप्रेस’ अन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रेमिटान्स रकम पठाए वापतमा दैनिक रुपमा एक जना भाग्यशाली विजेताले एक तोला चाँदीका सिक्का, क्याप , टी सर्ट र किरिङ्ग , साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल, र हरेक महिनामा एक जना भाग्यशाली विजेताले एलजी रेफि्रजेरेटर प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?