+
+
Shares

प्रधानमन्त्रीले भने-नेपाली फिल्म र बलिउडलाई जोड्नेछु’

'नेपाल ह्यान्डसम र ब्यूटीफूलहरुको देश'

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते १७:३२

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपाली चलचित्र र बलिउड चलचित्र उद्योगलाई जोड्ने बताएका छन् । चलचित्र कलाकार संघले आयोजना गरेको ‘दोश्रो फान अवार्ड’लाई सम्बोधन गर्दै ओलीले आफ्नो चाडै नै हुन लागेको भारत भ्रमणको टोलीमा चलचित्रकर्मीलाई पनि सहभागी गराउन लागेको जानकारी दिए ।

उनले भने-‘यसपटक प्रधानमन्त्रीको भ्रमणमा चलचित्र क्षेत्रको पनि प्रतिनिधित्व हुँदैछ । तपाइहरुले बुझ्नुभयो होला म केतर्फ संकेत गर्दैछु ।’ ओलीले सम्बोधनका क्रममा चलचित्रकर्मीहरुलाई ‘कथाको माग भन्दा पनि समयको माग अनुसार’ चलचित्र बनाउन आग्रह गरे ।

उनले आफ्नो भारत भ्रमणको क्रममा बलिउडका सिनियर चलचित्रकर्मीसँग डिनर भेट गर्न लागेको जानकारी दिए । आफूले सो क्रममा नेपालमा सुटिङ गर्नका लागि उनीहरुलाई फेरि पनि आग्रह गर्ने ओलीको भनाइ थियो ।

यस्तै, उनले भारतबाट फर्किएलगतै नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मी र बलिउडकर्मीबिच कार्यक्रम आयोजना गर्ने पनि बताएका छन् । स्थान र मिति तय नगरिएकाले अहिले नै विस्तृतमा बताउन नसकेको ओलीले बताए ।

सम्वोधनका क्रममा प्रधानमन्त्रीले भने-‘नेपाल ह्यान्डसम र ब्यूटिफूलहरुको देश हो । आफ्नो अभिनयलाई देशको माग अनुसार ढाल्नुहोस् ।’ ओली क्यामेरा जतिसुकै राम्रो भए पनि दृश्य नराम्रो भयो भने त्यसको अर्थ नहुने भन्दै नेपाल जस्तो राम्रो देश अन्त नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?