+
+
Shares

प्रधानमन्त्री निवासमा कलाकारका लागि दिवा भोज(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १७ गते १५:३४


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलचित्रकर्मी, नाट्यकर्मी तथा संगीतकर्मीका लागि दिवा भोजको आयोजना गरिएको छ । शुक्रबार बेलुकी काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना भएको ‘दोश्रो फान अवार्ड’का विजेता, कलाकार, पत्रकारका लागि दिवा भोजको आयोजना गरिएको हो ।

प्रधानमन्त्रीको निमन्त्रणामा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकर्मी बालुवाटार पुगेका थिए । हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नायक राजेश हमाल, शिव श्रेष्ठ, नायिका करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बालुवाटार पुगे । यस्तै, हाँस्य कलाकार सिताराम कट्टेल, केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, सभासद् कोमल वली पनि बालुवाटार पुगेका थिए ।

चलचित्रकर्मीहरु लक्ष्मी गिरी, हरिहर शर्मा, निर शाह लगायत पनि प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगे । प्रधानमन्त्री निवासमा सय भन्दा बढी चलचित्रकर्मीको जमघट रहेको थियो । प्रधानमन्त्रीसँग विजेता चलचित्रकर्मीहरुले सामुहिक तस्बिर खिचाएका थिए । उनले चलचित्रकर्मीहरुलाई देशको विकासमा साथ दिन आग्रह समेत गरे । कलाको माध्यमबाट देशमा आमुल परिवर्तन गर्न सकिने प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री ओली शुक्रबार बेलुकी आयोजना भएको ‘दोश्रो फान अवार्ड’मा प्रमुख अतिथीको रुपमा उपस्थित थिए । शुक्रबार आयोजना भएको ‘दोश्रो फान अवार्ड’का विजेताहरुको नामावली यसप्रकार छः

उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्टः निर्देशकः हेमराज बिसी, गाजलु
उत्कृष्टः अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्रीः सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायकः आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्रीः सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेताः जितु नेपाल, छक्का पञ्जा
उत्कृष्ट सह अभिनेत्रीः मेनुका प्रधान, गाजलु
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्रीः गौरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल – छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादनः मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकनः रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिकाः मीना निरौला, लुट २
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, छक्क पञ्जा

तस्बिरः शंकर गिरी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?