Comments Add Comment

धरान राजधानी बनाए २० विघा जग्गा दिने प्रस्ताव

प्रदेश १ को राजधानी धरानमा माग्दै मेयरले भेटे मुख्यमन्त्री


१८ चैत, इटहरी । प्रदेश १ को प्रदेश सभामा स्थायी राजधानी तोक्ने विषय पुग्नै लाग्दा धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले धरानमा राजधानी माग राख्दै मुख्यमन्त्री शेरधन राईलाई भेटेका छन् ।

आइतबार मुख्यमन्त्री भेट्दै मेयर सुब्बाले धरानलाई राजधानी बनाउनुपर्ने आग्रह र आधारहरू पेस गरे ।

भेटमा मेयर सुब्बाले धरान-हेटौडा सडक, किमाथांका-जोगबनी सडकबीचको पायक क्षेत्र, तमोर करिडोर केन्ऽ भएकाले धरान प्रदेश १ को राजधानीका लागि उपयुक्त हुने बताएका थिए ।

धरानमा उपलब्ध पूर्वाधारमा प्रदेशसभा र प्रदेश सरकारका लागि सातै वटा मन्त्रालय र क्वार्टर पुग्ने तथा नयाँ पूर्वाधार बनाउन चाहेमा पनि २० बिगाहा जग्गा उपमहानगरले तयार गरेको मेयर सुब्बाले बताए ।

भौगोलिक, सांस्कृतिक, तथा वातावरणीय हिसाबमा पनि १ नम्बर प्रदेशको राजधानी धरान नै उपयुक्त भएको मेयर सुब्बाले बताउँदै आएका छन् ।

प्रदेशको स्थायी राजधानी बनाउन धरान उपमहानगर कार्यपालिकाले २० बिघा जग्गा उपलब्ध गराउने निर्णय पनि गरेको थियो । सो निर्णयको प्रतिलिपी पनि आइतबार नै मेयर सुब्बाले मुख्यमन्त्रीलाई बुझाएका छन् ।

स्थायी राजधानीसँग प्रदेश सभा भवनका लागि धरान सभागृह उपयुक्त हुने जानकारी मेयर सुब्बाले मुख्यमन्त्रीलाई दिएका थिए ।

मुख्यमन्त्रीसँगको भेटमा पूर्वसंासद कृष्णकुमार राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, एमाले १ नम्बर क्षेत्रीय कमिटी अध्यक्ष इन्ऽबहादुर राई, नगर उपाध्यक्ष नारायण सुवेदी, सचिव राजमणि निरौलासमेत थिए ।

टोलीसँग कुरा गर्दै मुख्यमन्त्री शेरधन राईले राजधानी तोकिँदा पर्याप्त बहस हुने बताए । उनले सबै क्षेत्रलाई समेटेर अगाडि बढ्ने पक्षमा प्रदेश सरकार रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment