Comments Add Comment

घरज्वाइँले लिए छोराको नागरिकता, अंश मागेपछि पोल खुल्यो

वडा सदस्य, पूर्वअध्यक्ष र सचिवसहित ८ पक्राउ

सांकेतिक फोटो

१८ चैत, पोखरा । मोरङका मिलन परियार कास्कीका धनजीतका ज्वाइँ हुन् । धनजीत विदेशमा भएका बेला जेठी श्रीमती मनकुमारीले जेठी छोरीको बिहे मिलनसँग गरिदिएका थिए ।

तर, उनै ज्वाइँले सासुसँग मिलेर छोराको नागरिकता लिएको खुलेको छ ।

नक्कली नागरिकता लिने मिलनसँगै सांक्षी बसेका वडा सदस्य, पूर्व अध्यक्ष, तत्कालीन वडा सचिव, सहित पक्राउ परेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मिलन र मनकुमारीसँगै पोखरा महानगरपालिका वडा नम्बर १० का सदस्य सम्मरबहादुर श्रेष्ठ, पूर्ववडाध्यक्ष मनवीर गुरुङ, तत्कालीन वडा सचिव नवराज थापासहित ८ जना पक्राउ परेका हुन् ।

आफ्नै जेठी श्रीमती मनकुमारीको सहयोगमा ज्वाइँले नक्कली नागरिकता बनाएको भन्दै उजुरी दिएका थिए । २०७० साल पुस १७ गते मीलनले झुठो विवरण बुझाएर नागरिकता बनाएको भन्दै उनले श्रीमती र मीलनविरुद्ध उजुरी दिएका थिए ।

लगतै मीलन र मनकुमारीलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले साक्षी बसेका वडा सदस्य सम्मबहादुर, पूर्व अध्यक्ष मनवीर, पूर्व वडा सचिव नवराजसहित गोमा तामाङ थापा, धनमाया गुरुङ, नीलम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

‘झुठो विवरण पेश गरी नागरिकता लिएको भन्दै उजुरी परेपछि अनुसन्धान थालिरहेको थियो’ कास्की प्रहरीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले भने, ‘उनीहरुलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।’

धनजीतका अनुसार मनकुमारी उनकी जेठी श्रीमती हुन् । आफू विदेशमा भएको बेला मनकुमारीले मिलनलाई घरज्वाइँ मात्र बनाएनन्, झुटा कागज बनाएर नागरिकता दिलाएका हुन् ।

मिलनले अंश मागेपछि उनले यो थाहा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment