Comments Add Comment

यस्तो छ पञ्चमुखी हनुमानको विशेषता

हनुमान अनन्य रामभक्तका रूपमा परिचित छन् । उनले गर्न नसक्ने काम कुनै पनि छैनन् । अनन्त बल, बुद्धि एवं पराक्रमका स्वामी हनुमान अष्टसिद्धिका स्वामी हुन् । हनुमानका विषयमा पुराणादिमा अनेकौं प्रसंग पाइन्छन् । यहाँ हनुमानको पञ्चमुखी वा पाँचमुखे स्वरूपका बारेमा बताइएको छः

बृहत्पूर्णश्चयार्णवमा दिएअनुसार पञ्चमुखी हनुमान अन्त्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुऽ स्वरूपी, अति भयानक रौऽरूपी हुन्छन् जसको ध्यान गर्नाले सबै कार्य पूर्ण हुन्छन् ।

हनुमानको पूर्वतर्फको मुख बानरको छ । यस्तो रूप भएका हनुमान करोडौँ सूर्यको जस्तो तेज भएका कुच्चिएको वा टेढो अनुहार भएका छन् । यी हनुमान कोमल तथा रामचन्ऽको भक्तस्वरूपका हुन्छन् ।

हनुमानको दक्षिणतर्फको मुख नृसिंह रूपको छ । यस्तो मुख भएका हनुमान अद्भुत स्वरूप भएका, उग्र स्वभावका कान्तियुक्त, डरलाग्दो, सम्पूर्ण डर र त्रासलाई हटाउन सक्ने हुन्छन् ।

हनुमानको पश्चिमतर्फको मुख गरुड रूपको हुन्छ । यस्ता हनुमान बाङ्गो चुच्चो भएका, सम्पूर्ण बल र तागतहरू त्यही चुच्चोमा समावेश भएका, भुवाहरूरूपी गहनाले सुसज्जित भएका, सर्पहरूलाई नास गरेझैँ शत्रुलाई नाश गर्ने हुन्छन् ।

हनुमानको उत्तरतर्फको मुख सुंगुरको जस्तो छ । यस्ता रूप भएका हनुमान चम्किलो कालो स्वरूप, भूत, प्रेत बेताललाई पाताल लोकमा पठाउन समर्थ, ज्वर आदि रोग निवारण गर्न सक्ने शक्ति भएका हुन्छन् ।

हनुमानको माथितर्फ फर्किएको मुख घोडाको जस्तो छ । यस्तो रूप भएका उध्र्वगामी अश्वमुख हनुमान दानवहरूलाई नाश गराउन समर्थवान्, महावली, ग्रह तारालाई पनि वशमा राख्न सक्ने हुन्छन् ।

हनुमानको मूर्ति निर्माण कसरी गर्ने ?

अग्निपुराणमा उल्लेख भएअनुसार हनुमानको मूर्ति बनाउँदा एउटा हातमा बज्र लिएका र उनको खुट्टा तल जमीन भास्सिएको देखाउनुपर्छ । रावले हनुमानको मूर्ति बनाउँदा रामको नाइटो, छाती वा तिघ्राभन्दा अलिकति माथिसम्म पुग्ने गरेर लम्बाई बनाउनु पर्दछ भनेका छन् । सप्तताल नापअनुसार ८४ लङ्गुर नापेर हनुमानको मूर्ति बनाउनु पर्छ र दुईवटा मात्र हात बनाउनु पर्छ । दायाँहात मुखनजिकै लगेको र देब्रे हात घुँडासम्म लत्रने गरेर बनाउनु पर्छ । भक्त, सेवकको जस्तो हनुमान अनुहार बनाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment