Comments Add Comment

४९ लागे अजय देवगण, २६ वर्षदेखि छन् फिल्ममा

बलिउड अभिनेता अजय देवगण ४९ वर्ष लागेका छन् । सन् १९६९ अप्रील २ मा उनको जन्म भएको थियो ।उनको खास नाम विशाल बिरु हो तर, घरमा राजु भनेर बोलाउथे । सन् २०१६ मा पद्यश्री अवार्ड पाएका अजय २६ वर्षदेखि बलिउडमा सक्रिय छन् ।

उनले १६ बर्षको उमेरमा चलचित्रमा डेब्यु गरेका थिए । सन् १९८५ मा ‘प्यारी बहना’ मा उनले मिथुन चक्रवर्तीको किशोरावस्थाको चरित्र निर्वाह गरेका थिए ।
अजयले हिन्दी चलचित्र ‘फूल और काँटे’ बाट नायकको रुपमा डेब्यु गरेका थिए । उक्त चलचित्रमा उनकी नायिका थिइन् मधु । मधुले पनि सोही चलचित्रबाट डेब्यु गरेकी थिइन् ।

अजय देवगणका बुबा वीरु देवगण प्रसिद्ध कोरियोग्राफर हुन् भने आमा वीणा निर्मात्री थिइन् । उनका भाई अनिलले ‘राजु चाचा’ निर्देशन गरेका थिए । अजयको पहिलो चलचित्र ‘फूल और काँटे’ मा बीरुले एक्सन कोरियोग्राफी गरेका थिए । बिरुले ‘हिन्दुस्तान की कसम’को निर्देशन पनि गरेका थिए ।

१९९९ मा अभिनेत्री काजोलसँग विवाह गरेका अजयका छोरी न्यासा र छोरा युग छन् । अजयले अभिनय गरेका चर्चित फिल्ममा जिगर, एक हि रास्ता, विजयपथ, सुहाग, हलचल, हम दिल दे चुके सनम, राजु चाचा, गंगाजल, युवा, ओमकारा, गोलमाल रिटर्न, बोल बच्चन, दृष्यम, रेड लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment