Comments Add Comment

अर्थ मन्त्रालयले तयार गर्‍यो विकास साझेदारको ‘प्रोफाइल’

१९ बहुपक्षीय, १५ द्धिपक्षीय र २ सम्भाव्य विकास साझेदारको जानकारी


१९ चैत, काठमाडौं । सरकारले नेपालको विकासमा सहयोग गर्ने अन्तर्राष्ट्रिय साझेदारका ‘प्रोफाइल’ तयार गरेको छ । अर्थ मन्त्रालयले नेपालको विकासमा विगत लामो समयदेखि सहयोग गर्दै आएका द्धिपक्षीय र बहुपक्षीय तथा सम्भाव्य साझेदारसमेतको प्रोफाइल तयार गरेको हो ।

मन्त्रालयले तयार गरेको उक्त प्रोफाइल पुस्तकमा नेपालका प्रमुख १९ बहुपक्षीय साझेदार, १५ द्धिपक्षीय साझेदार र दुई सम्भाव्य साझेदारको विस्तृत जानकारी समेटिएका छन् ।

बहुपक्षीय साझेदारहरू एसियाली विकास बैंक (एडीबी), युरोपियन युनियन, खाद्य तथा कृषि संगठन ( एफएओ), जीएभीआई (दी भ्याक्सिन एलायन्स र ग्लोबल इन्भारमेन्ट फ्यासिलिटी (जीईएफ) का छुट्टछुट्टै प्रोफाइल तयार गरिएको छ ।

त्यस्तै, उक्त प्रोफाइल पुस्तकमा एचआईभी, क्षयरोग र औलो रोगविरुद्धको अन्तर्राष्ट्रिय कोष, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (ईफाड), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड), सार्क विकास कोष (एसडीएफ) र संयुक्त राष्ट्रसंघीय बालबालिका कोष   (युनिसेफ) का जानकारी पनि समेटिएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को), नेपालका लागि संयुक्त राष्ट्रसंघी शान्ति कोष (यूएनपीएफएन) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को जानकारी पनि प्रोफाइलमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघीय महिला  (यूयन वुमन), विश्व बैंक समूह, विश्व खाद्य कार्यक्रम  (डब्लूएफपी) र विश्व स्वास्थ्य संगठनले नेपालको पक्षमा गरेका सहयोगको पनि उक्त प्रोफाइलमा समावेश गरिएको छ ।

द्धिपक्षीय साझेदारमा अष्ट्रेलिया, चीन, डेनमार्क, फिनल्याण्ड, जर्मनी, भारत, जापान र कोरियाको प्रोफाइल तयार गरिएको छ । कुवेत, नेदरल्याण्ड, नर्वे, साउदी अरब, स्विट्जरल्याण्ड, वेलायत र अमेरिकाको विकास सहयोगको पनि प्रोफाइल उक्त पुस्तकमा समेटिएको छ ।

सम्भाव्य साझेदारमा एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र हरित मौसम कोष ( जीसीएफ) को जानकारी समेटिएको छ । यी निकायबाट हालसम्म सरकारले कुनै सहयोग नलिएपनि त्यसका लागि प्रस्ताव गरिसकेको भने छ ।

नेपालको सामाजिक -आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने विकास साझेदारहरूको जानकारी विभिन्न सरोकारवाला निकायलाई दिनु आवश्यक देखिएकाले प्रोफाइल तयार गरिएको मन्त्रालयले बताएको छ । यसअघि सन् २०१४ मा सरकारले तयार गरेको ‘प्रोफाइल’ लाई परिष्कृत गरेर जानकारी प्रकाशन गरिएको मन्त्रालय बताउँछ । विकास साझेदारको पृष्ठभूमि जानकारीसहित आगामी दिनमा ती निकायबाट नेपालले लिने सहयोगका लागि सहयोग, समन्वय र पारदर्शिता कायम गर्न ‘प्रोफाइल’ महत्वपूर्ण हुने विश्वास मन्त्रालयको छ ।

प्रोफाइलमा आर्थिक वर्ष (सन्) २०१०/११ देखि हालसम्म ती साझेदारले गरेका सहयोग बजेटसमेत उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment