Comments Add Comment

क्रिकेट रंगशाला बनाउने जग्गा खोज्दै भरतपुर आए धुर्मुस

२० चैत, चितवन । अन्र्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माणका लागि जग्गा हेर्दै हिडेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ सोमबार भरतपुर आएका छन् । उनीसहितको टोलीले भरतपुर महानगरले उपलब्ध गराउने भनेको जग्गाको अवलोकन गरेको छ ।

जग्गा अवलोकनपछि उनले क्रिकेट रंगशाला निर्माणका लागि जग्गा उपयुक्त भएको प्रतिक्रिया दिएका छन् । ‘जग्गा र लोकसेन राम्रो लाग्यो’ धुर्मसले भने, ‘सवैतिरको जग्गा हेरेपछि प्राविधिक टोलीसहितको सल्लाहमा निक्यौंल गर्दछौं ।’

भरतपुर महानगरपालिकाले वडा नः २० मा रहेको निर्माणाधिन चित्रवन रंगशाला प्रस्ताव गरेको छ । पूर्वपश्चिम राजमार्गबाट करीव १६ किलोमिटर पश्चिममा यो मैदान पर्छ ।

रंगशाला बनाउन महानगरले जग्गासहित अन्य आवश्यक सहयोग गर्ने वचन मेयर रेणु दाहालले बताइन् ।

‘पूर्वपश्चिमको वीच भाग र समथर जमिन छ । पूर्वपश्चिम रेलमार्गको समेत जोडिने भएकोले भरतपुर अन्र्तराष्ट्रिय क्रिकेट स्टेडियमका लागि उपयुक्त छ’ मेयर दाहालले भनिन् ।

महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी रंगशाला बनाउन जग्गा दिने घोषणा गरेको थियो ।

रंगशाला निर्माण अभियानमा जुटेका धुर्मुससहितको टोलीले काठमाडौंका साथै भैरहवामा पनि जग्गा हेरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment