Comments Add Comment

नयाँ वर्षमा यसरी झुम्दैछ लन्डनको अन्डरसर्ट

२१ चैत, पोखरा । नेपाली चाडबाड होस् या नयाँ वर्ष, लन्डन जागै रहन्छ । लन्डनमा रहेका नेपाली अंग्रेजी तथा नयाँ वर्षको स्वागतमा हुने कार्यक्रमको पर्खाइमा हुन्छन् । यस्ता सांगीतिक तथा साँस्कृतिक कार्यक्रममा झुमाउन नेपालबाटै कलाकार झिकाउँछन्, लन्डनवासी ।

यस्ता पर्वमा लन्डनवासी नेपाली एकै ठाउँ भेला हुन्छन् र सेलिब्रेट गर्छन् । लन्डनको अन्डरसर्टमा उसैगरी नेपाली नयाँ वर्षमा भेला हुँदैछन् र सेलिब्रट गर्दैछन् । नयाँ वर्ष सेलिब्रेटको अवसर जुटाएको छ, यसपटक आर एन्ड जी इभेन्टले र लन्डनमा प्रस्तुति दिन पुग्दैछन्, नेपालका अहिलेका चल्तीका कलाकार ।

अप्रील १३ तारिखका साँझ ७ बजेदेखि अल्डरसटस्थित द प्यालेस हाउसमा ‘नेप्लिज न्यू इयर नाइट’ हुन लागेको हो । ‘नेपाली एकै ठाउँ भेला हुने र नयाँ वर्षको सेलिब्रेट गर्ने यो एउटा अवसर हो,’ आयोजक समूहका समाजसेवी हेम गुरुङले भने, ‘नयाँ वर्षको अवसरमा हुने कार्यक्रमा नेपाल र लन्डनका चर्चित कलाकारले प्रस्तुति दिँदैछन् ।’

कार्यक्रममा अहिलेकी चर्चित गायिका एवं बेली डान्सर पि्रती आले, मोडल तथा नृत्य कलाकार रश्मी तामाङ, अभिनेत्री छुल्ठिम गुरुङले प्रस्तुति राख्नेछन् । ‘पि्रती आले अहिले नेपालीकी चर्चित गायिका तथा बेली डान्सर हुन् । रश्मी र मुल्ठिमको आˆनै मौलिक प्रस्तुति छ,’ आयोजक समूहका ज्ञान गुरुङले भने ।

बेलायत मै रहेका मोडल तथा नृत्य कलाकार प्रतिष्ठा त्रिपाठी, स्नेहा गुरुङ, गायिका निकिता मगरले पनि अन्डरसर्टस्थित प्यालेस भवनमा रौनक थप्नेछन् ।

यस्ता कार्यक्रमले लन्डनमा रहेका नेपालीलाई जोड्ने र शुभकामना साटासाट गर्ने अवसर मिल्ने आयोजक समूहका तथा एनआरएन लन्डनका युवा संयोजक लालबहादुर गुरुङले बताए । ‘कुनै स्वार्थका नभइ नेपाली एकै ठाउँमा भेला हुने र शुभकामना साट्ने एउटा माध्यम हो,’ गुरुङले भने, ‘कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment