२१ चैत, काठमाडौं । एमाले नेता जागृतप्रसाद भेटवालको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
भेटवालको शरिरका सवै अंगमा क्यान्सर फैलिएको थियो ।
भेटवाल ०४२ सालमा प्रगतिशील पक्षबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । साथै ०४८ र २०५१ सालमा चितवन निर्वाचन क्षेत्र नः १ बाट सांसद चुनिएका छन् ।
उनी वाम आन्दोलनका अभियान्ता समेत हुन् । तत्कालिन सरकारले उनलाई फाँसीको सजाय सुनाएको थियो । बहुदल आएपछि सो मुद्धा सरकारले फिर्ता गरेको थियो ।
काभ्रे जन्मथलो भएका भेटवाल ०२० सालमा चितवन सरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4