Comments Add Comment

फरक स्वादको ‘डमरुको डण्डिबियो’को ट्रेलर, खगेन्द्रलाई साथ कसले देला ?

नेपाली चलचित्रको कथावस्तुमा पछिल्लो समय मौलिकता खोज्न थालिएको छ । माया-प्रेम, एक्सन र विछोडको कथामै घुमेका चलचित्रको बिषयमा अहिले आफ्नै देशको मौलिकता खोजी हुनु सुखद कुरा हो ।

केहि बर्ष अघिसम्म नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डिबियो खेल अहिले हराउँदै गएको छ । सरकारले भलिबलाई ‘राष्ट्रिय खेल’को रुपमा घोषणा गरेपछि त झनै डण्डिबियो खेल ओझेलमा परेको छ । तर, चलचित्र क्षेत्रबाट यसलाई प्रमोशन गर्ने काम सुरु भएको छ ।

वैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘डमरुको डण्डिबियो’ले यस्तै कथा भन्छ । चलचित्रको ट्रेलर आज सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछानेले डण्डिबियो खेलको जगेर्नाका लागि गरेको संघर्षको कथा देखाइएको छ ।

बन्दै आएका चलचित्र भन्दा विल्कुल फरक स्वादमा यो चलचित्र बनेको छ । चलचित्रको ट्रेलर उत्कृष्ट छ । नेपाली चलचित्रका मेकरहरुले खेलकुदको बिषयलाई खासै स्थान दिएको पाइदैन । सायद, यो चलचित्रपछि नेपालमा पनि खेलकुदका बिषयलाई चलचित्रमा समावेश गर्ने शैली बढ्न सक्छ ।

यो चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, वुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको मुख्य भूमिका छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नोर्वु छिरिङ घले र विनोद गुरुङको लगानी छ । चलचित्रमा खगेन्द्रकै लेखन, हरि हुमागाँइको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment