Comments Add Comment

प्रदेश १ मा आर्थिक बहसः दुनियाँले लगानी गर्ने नीति बनाउँछु-मुख्यमन्त्री

२१ चैत, बिराटनगर । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले बिकास र समृद्धिका लागि लगानीमैत्री नीति र कानून निर्माण गर्ने बताएका छन् ।

उनले देश दुनियाका लगानीकर्तालाई प्रदेश १ को विकास र समृद्धिका लागि लगानी गर्न सक्ने खालको वातावरण तयार गर्न लगानीमैत्री नीति निर्माण गर्न प्रदेश सरकार तयार रहेको पनि बताए ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ र नयाँ पत्रिका दैनिकद्वारा बुधबार विराटनगरमा आयोजित आर्थिक बहस कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले भने ‘प्रदेश १ लाई नम्बर १ बनाउने उदेश्य लिएका छौ, प्रदेश सरकार योजना र खाकालाई साकार बनाउन औद्योगिक बिकासका निम्ति तपाईहरु लगानीकर्तालाई कर छुट दिनेदेखि उद्योगका लागि जग्गा उपलब्धता गराउने बिषयमा अधिकत्तम लचकता प्रदेश सरकारले अपनाउने छ ।’ राईले भने ।

उनले यस प्रदेशमा औद्योगिक बिकासका लागि लगानीमैत्री वातावरणका लागि बाधा र अड्चना हुने खालका नीति निर्माणलाई प्रदेश सरकारले खारेजी गदै लैजाने भनाइ थियो ।

प्रदेश सरकारले प्रदेश १ लाई देशको बिकास र समृद्धिमा अब्बल बनाउने लक्ष्य लिएरकाले प्रदेश सरकारको बिकास र समृद्धिको यात्रामा नीति क्षेत्रको साथ र सहयोगको आवश्यतामा पनि उनले जोड दिए ।

मुख्यमन्त्री राईले बिकास र समृद्धिको यात्रामा निजी क्षेत्रको साथ र सहयोग बिना यात्रा पूरा गर्न असम्भाव भएको उल्ल्ेख गदै उनले व्यवसायीसँग लगानी आब्हान,लगानीका लागि पूर्वाधार सरकारले बनाउँने प्रतिबद्धता समेत जाहेर गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणले हरेक क्षेत्रमा सम्भावना र स्रोत के छ त्यसलाई हेरी प्रदेश सरकार अगाडि बढ्न र लगानीकर्ता आकषिर्त हुने गरी नीति ल्याउन सातैवटा प्रदेशमा इन्भेष्ट समिट महासंघले गर्न लागेकोे बताइन् ।

बढ्दो व्यापार घाटा कम गर्नको लागिपनि औद्योगिक बिकासमा सरकार जोड दिनु पर्ने भन्दै त्यसका लागि लगानीमैत्री वातावारण निर्माण गर्न तर्फ केन्द्र सरकार र प्रदेश सरकारको ध्यान जार्नु पर्ने उनको भनाइ थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकले राजनीतिक एजेण्डा कोर्ष पुरा गरेको भन्दै अवको एक मात्र एजेण्डा सबैको आर्थिक एजेण्डा हुनसकेमा मात्र मुलुक बिकास र समृद्धिको यात्रामा अघि वढन सक्ने बताए ।

उनले मुलुकमा औद्योगिक बिकासले देशलाई समृद्धि बनाउन सक्ने भन्दै उद्योग स्थापना भएमा रोजगारी सिर्जना हुने भएकाले नँया उद्योग स्थापना तर्फ सरकारकेा ध्यान जान जरुरी रहेको बताए ।

उनले आर्थिक लाभ लिने उद्येश्यका साथ विभिन्न सरकारी निकायबाट उद्योगहरुमा अनावश्यक रुपमा अनुगमन गर्दा उद्योगी व्यावासयीको मान मंर्देन गर्न काम भएकाले यस्तो कामलाई तत्काल बन्द गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकाल,पुर्व अध्यक्ष चण्डी ढकाल,कोषाध्यक्ष ज्ञानेन्ऽलाल प्रधान, लगायतले निजी क्षेत्रको चाहना सुशासन, पारदर्शी प्रशासन र समानुपातिक सरकार भएको भन्दै आफुहरूले देशमा अव लगानी मैत्री वाताबरण मात्र खेजेकोले लगानी मैत्री वाताबरण बन्न सके देशमा कायापलट हुने कुरामा जोड दिए ।

कार्यक्रमा विज्ञहरुको टोलीले तयार परेको कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।
प्रदेश १ का सरकारका मन्त्री, सभामुख, उपसभामुख, प्र्रदेश संसादहरु, प्रमुख सचिव, सचिवहरु, उद्योगी व्यवासयीहरुको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।

समझदारीपत्रमा हस्ताक्षर

सोही समारोहमा महासंघ र प्रादेशिक सरकार बीच विभिन्न विषयमा सहकार्य गर्ने र प्रदेशको आर्थिक समृद्धिमा संयुक्त रुपमा कार्य गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भयो ।

समझदारी अनुसार अबदेखि प्रदेश सरकारले स्थानीय तहमा वाषिर्क योजना, कार्यक्रम र बजेट तर्जुमा लगायतका विभिन्न समिति, मंच कार्यदलहरुमा निजी क्षेत्रको सहभागीता नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ मार्फत जिल्ला नगर उद्योग वाणिज्य संघ इकाइको सहभागितामा ध्यान दिनेछ ।

प्रदेशभित्रको उद्योग व्यवसाय विकास, रोजगारी सिर्जना, पर्यटन पवर्द्धन लगागतका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

प्रदेश सरकारले गठन गर्ने अार्थिक व्यवसायिक क्षेत्रसँग सम्बन्धित समिति बोर्ड परिषद्मा महासंघको प्रदेश नम्बर १ लाई सहभागी गराउने भएको छ ।प्रदेशको आर्थिक व्यवसायिक विकासको लागि विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय स्तरको कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी, मेला महोत्सवको आयोजना आपसी सहमतिमा गर्ने समझदारी भएको छ ।

उद्योगधन्दा प्रवर्द्धन र विकास निर्माणमा आवश्यक प्राकृतिक साधन र स्रोतको समुचित प्रयोग र परिचालन सरकारले महासंघ प्रदेश १ संग आपसी सहमतिमा गर्न पहल गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment