+
+
Shares

‘जनयुद्ध’ शब्द नलेखिए एकता गर्न गाह्रोः मणि थापा

'ओलीको भारत भ्रमण ऐतिहासिक हुन्छ'

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ चैत २३ गते ९:४८

२३ चैत, बुटवल । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले एकीकृत पार्टीको विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द उल्लेख नभए एमालेसँग एकता गर्न धेरै गाह्रो पर्ने बताएका छन् ।

दुई पार्टीको एकता गर्ने मिति समेत घोषणा भइसकेको बेला माओवादी केन्द्रीय हेडक्वाटर सदस्य थापाको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

माओवादी प्रदेश पाँचका इन्चार्जसमेत रहेका थापाले रुपन्देहीको बुटवलमा आयोजित पत्रकार भेटघाटमा पार्टी एकताका लागि जनयुद्ध शब्द अनिवार्य उल्लेख हुनुपर्ने बताए । उनले भने, ‘एकता चाहेको भए एमालेले जनयुद्ध शब्दलाई स्वीकारेर अघि बढ्नुपर्छ ।’

प्रेस सेन्टर नेपाल प्रदेश ५ ले आयोजना गरेको कार्यक्रममा थापाले एमालेले जनयुद्ध शव्द स्वीकार्दैन भनेर आफूहरुले कल्पना पनि नगरेको बताए । उनले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिए ।

‘पार्टी एकता बिचारको हो, शक्ति सन्तुलनको मात्रै होइन,’ थापाले भने, ‘बिचारको एकता हामीले चाहेको हो, एकता ठूलो-सानो संख्याको होइन, बिचार र सम्मानको आधारमा हुनुपर्छ ।’

समाजवादमा पुग्ने साझा लक्ष्य भएकाले सम्मानपूर्वक अघि बढ्नुको विकल्प नभएको उनले बताए । थापाले भने, ‘हामी क्याडर बेसका हौं, एमाले मासबेस पार्टी हो तर, सम्मान गरेर जाँदा मात्रै समाजवादको ढोका खुल्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ऐतिहासिक हुने दावीसमेत गरेका छन् ।

ओलीको भारत भ्रमणपछि नेपाल-भारत.सम्बन्ध थप उचाइमा पुग्ने दावी गर्दै थापाले भने, ‘नेपालको इतिहासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोन गरेको र बिदेशमन्त्री सुष्मा स्वराज नेपाल आएर छलफल गरेको बिरलै कुरा हो । यसले नेपाल-भारतको सम्बन्ध थप उचाइमा पुर्‍याउँछ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?