Comments Add Comment

‘धुर्मुस-सुन्तली’को नमुना बस्तीमा ‘रामकहानी’को सुटिङ


बाढीबाट प्रभावित भएकाहरुका लागि ‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले रौतहटको सन्तपुरमा ‘एकिकृत नमुना सन्तपुर बस्ती’ निर्माण गरेको थियो ।

सोही स्थानमा केहि दिनदेखि चलचित्र ‘रामकहानी’को एउटा गीतको छायांकन भैरहेको छ । चलचित्रका मुख्य कलाकारहरुले यो गीतमा नृत्य गरिरहेका छन् । बस्तीलाई अझै धेरैले हेरुन् भन्ने उद्देश्यले चलचित्रको गीतको छायांकन गर्न लागिएको कलाकार कुञ्जना घिमिरेले बताइन् ।

उनले, आफूहरुले नेपाली चलचित्रलाई सधै साथ र समर्थन गर्ने पनि बताइन् । चलचित्रका निर्देशक सुदर्शन थापाले यसपटक यो गीतको भिडियो दर्शकका लागि विशेष हुने बताए । दर्शकका लागि केहि फरक होस् भनेर आफूहरु नमुना बस्ती आएको उनले बताए । बस्ती बनेदेखि नै एउटा गीतको छायांकन गर्ने चाहना रहेको भन्दै उनले यसपटक खिच्न पाउँदा खुशी लागेको सुनाए ।

भिडियोको कोरियोग्राफी गरिरहेका कविराज गहतराजले यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ, जितु नेपाल, केदार घिमिरे, विल्सन विक्रम राइलाई नचाएका छन् । उनले, आफ्नो करिअरकै उत्कृष्ट कोरियोग्राफीमध्ये यो गीतको भिडियो पनि एक हुने बताए ।

यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने सुगम पोख्रेल र अन्जु पन्तले स्वर भरेका छन् । गीतको भिडियोमा सय भन्दा बढी कोरसले नृत्य गरेका छन् । भदौ २२ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रको अहिलेदेखि नै चर्चा भैरहेको छ ।

तस्बिरः कुशल राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment