Comments Add Comment

विद्यालयबाट कम्प्युटर चोरीको आरोपमा तीन पक्राउ


२३ चैत विराटनगर । प्रहरीले विद्यालयको कम्प्युटर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका ५ का २१ वर्षका कञ्चन साह, २३ वर्षका कमल अधिकारी र रङ्गेली ७ का ३७ वर्षका मनोज साहलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठका अनुसार दुई दिनअघि उनीहरुले कानेपोखरी गाउँपालिका ५ स्थित श्री मावि भौसाबारी स्कुलको कम्प्युटर चोरी गरेका थिए ।

विद्यालयभित्रको ल्याब कोठाको ताला फोडी ४ थान कम्प्युटरको मनिटर, किबोर्ड र माउस चोरी गरेका प्रहरीले जनाएको छ । चोरीमा संलग्न उनीहरुलाई शुक्रबार नै चोरी मुद्दा दर्ता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment