Comments Add Comment

आफ्नो प्रशंसामा के कुरा सुन्न चाहन्छन् पुरुष ?

 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’ का पात्र मदन मुनासित भन्छन्ः

अनार दाना दाँतका लहर खोलेर हाँस न

तिमीले हाँसे म हाँक्नसक्छु इन्द्रको आसन ।।

महिलाहरूको हाँसोमै मात्र पनि पुरुषको मनोबल बढाउने तागत हुन्छ भने प्रशंसाको त कुरै के गर्नु र !

आप\mनो तारिफ गरेको कसलाई मन नपर्ला र ? तारिफको एकै वचन पनि कानका लागि पर्याप्त हुन्छ, तारिफको मिश्री घुलेजस्तो मिठास कर्णविवरबाट प्रवेश गरेपछि हृदयमा ऊर्जाको सञ्चार हुन्छ अनि मानिसको फुर्तिफार्ती नै अर्कै हुन्छ ।

प्रसंग पुरुषको हो । स्वभावले केही कठोर हुन्छन् भनिन्छ पुरुषलाई तर उनीहरूको मनभित्र कोमल भाव पनि उत्तिकै लुकेको हुन्छ । प्रशंसा पाउनेबित्तिकै उनीहरूको मुटुको धड्कन पनि बदलिन्छ अनि सगरमाथाझैं आशाको सञ्चार हुन्छ जीवनप्रति ।

आउनुहोस् हेरौं, प्रशंसाका केकस्ता वचन सुन्न चाहन्छन् पुरुषः

आज त गज्जब स्मार्ट देखिनुभएको छ नि

भनिन्छ,  महिलाहरूलाई कसैले राम्री भनिदिए भने तीन छाक भात नखाए पनि अघाउँछन् । यो मामिलामा पुरुषहरू पनि कम छैनन् । आफ्नो ड्यासिङ लुक्स, हेयर स्टाइल, ब्राण्डेड पहिरन तथा एसेसरिजका विषयमा अरूले गर्ने कुनै पनि सकारात्मक टिप्पणी पुरुषहरू औधी रुचाउँछन् । कसैले पहिरन वा अन्य सामग्री खरिद गर्दा आफूसँग सहयोग मागे भने पनि पुरुषहरू निकै खुसी हुन्छन् ।

तपाई सार्‍है सहयोगी हुनुहुन्छ

अरूको ख्याल राख्नु, सहयोगीहरूसँग मिलेर काम गर्नु, सदैव सबैलाई मद्दत दिनु पुरुषत्वको चिनारी हो । यस्तो प्रशंसा कुनै पुरुष सहकर्मीले गरे उनीहरूलाई राम्रो लाग्छ तर यही कुराको प्रशंसा महिला साथीहरूबाट आयो भने पुरुषहरूको छाती गर्वले फुल्छ ।

तपाईंको सेन्स अफ ह्युमरचाहिँ हो क्या

चलाख, प्रत्युत्पन्न मतियुक्त एवं हँसीमजाक गरिरहने गरिरहने पुरुषलाई सबैले रुचाउँछन् । यस्ता पुरुष हरेक प्रकारका जमघटको आकर्षणका केन्द्र हुन्छन् । यस्तै किसिमको प्रशंसा आफन्तजन, साथीभाइ तथा अन्य परिचितहरूबाट आयो भने पुरुषहरूको खुट्टा भुइँमा हुँदैन ।

तपाई सार्‍है मायालु तथा केयरिङ हुनुहुन्छ

जीवनसाथी वा बालबच्चा, साथी वा सहकर्मीहरूले मायालु तथा केयरिङ हुनुहुन्छ भनिदिए मात्रै पनि पुरुषहरू मख्ख पर्छन्, उनीहरूको आत्मबल बढ्छ । परिवारका लागि उनीहरू जे जति गर्छन् त्यो नै पर्याप्त हुन्छ अझ परिवारका सदस्यबाट यस्तो प्रतिक्रिया पाए भने त उनीहरू ज्यान दिनसमेत पछि पर्दैनन् ।

तपाईंको कामगराइ उत्कृष्ट छ

आप\mनो कार्यक्षेत्रमा पाएको प्रशंसा पुरुषका लागि अमृत वुटी समान पि्रय हुन्छ । आफूसमान वा माथिल्ला तहका सहकर्मी तथा हाकिमले आप\mनो कामलाई उत्कृष्ट भनेर सराहना गरे भने पुरुषहरू प्रफुल्लित हुन्छन् । कामको प्रशंसा पाएपछि हरेक पुरुषको आत्मसम्मानमा अभूतपूर्व अभिवृद्धि हुन्छ ।

तपाई साच्चै ट्यालेन्ट हुनुहुन्छ

जागिर, व्यापार वा पेसाका अतिरिक्त कुनै गुण छ, त्यसमा दक्षता हासिल छ र त्यस कुरालाई लिएर कसैले प्रशंसा गरिदिए भने पुरुषहरूको नाक फुलिहाल्छ । समाजसेवा, गायन, लेखन, खेलकुद आदि कुनै पनि क्षेत्रमा आप\mनो प्रतिभाको प्रशंसा भयो भने त्यसले पुरुषलाई खुसी मात्र दिँदैन बरु भविष्यमा कुनै पनि कुरा अझ राम्रोसँग गर्न प्रोत्साहित समेत गर्छ ।

आज त निकै राम्रो देखिनुभएको छ नि

महिलाहरूबाट अझ विशेष गरी गर्लफ्रेन्डबाट यस्तो प्रशंसा प्राप्त भयो भने पुरुषहरू घन्टौं, हप्तौं वा महिनौंसम्म खुसी भइरहन सक्छन् । सहकर्मीहरूबाट यस्तो प्रशंसाका शब्द सुनेपछि पनि उनीहरूको मुड दिनभर फ्रेस भइरहन्छ ।

तपाई कम उमेरको देखिनुहुन्छ

पुरुषहरूलाई पनि वास्तविक उमेरभन्दा कम देखिएको राम्रो लाग्छ । यस्तो कुरा कुनै महलिाका मुखबाट सुन्न पाए भने त झन् उनीहरू खुसीले बुरुक-बुरुक हुन्छन् ।

तपाईंलाई धेरैले मन पराउँछन्

यस्तो प्रशंसा सुनेपछि पुरुषहरूको आत्मविश्वासको ग्राफ ह्वात्तै माथि पुग्छ । यस्तो प्रशंसा सुनेपछि आफू विशेष हुँ भन्ने बोध हुने भएकाले उनीहरू यसलाई औधी रुचाउँछन् ।

तपाईमा प्रविधिको राम्रो ज्ञान छ

ग्याजेट्स चलाउने दक्षता हिजोआज निकै रुचाइने अतिरिक्त दक्षता हो । कम्प्युटर, क्यामरा, अत्याधुनिक एप्लिकेसन्स तथा मोबाइल फोनका विषयमा कसैले गर्ने प्रशंसा पुरुषहरूलाई मन पर्छ । यसबाट उनीहरूलाई आफू स्मार्ट तथा फिट भएको महसुस हुन्छ भने कार्यक्षमतामा समेत निखार आउँछ ।

तपाई विश्वासयोग्य हुनुहुन्छ

कुनै पनि पुरुष आफू सबैको विश्वासयोग भएको कुरा सुन्न पाउँदा खुसीले पुलकित हुन्छ । चाहे त्यो चरित्रका विषयमा होस्, कामका विषयमा होस् वा सम्बन्ध निर्वाहका विषयमा होस् ।

तपाई निकै कुल हुनुहुन्छ

कुल हुनु पनि वर्तमान परिप्रेक्ष्यमा प्रशंसायोग्य कुरा हो । यसले स्मार्टनेस एवं धैर्यलाई दर्शाउँछ । कार्यालय, घर वा अन्य सार्वजनिक स्थलमा सबैले कुल भन्छन् भने त्यसको अर्थ हुन्छ- पक्कै पनि आफूमा केही विशेष क्षमता छ । कसैले यस्तो कुरा सबैका अगाडि गरिदिए पुरुषहरू असाध्यै खुसी हुन्छन् ।

प्रशंसा जुनसुकै रूपमा गरिएको भए पनि राम्रो लाग्छ नै । अझ पुरुषहरूलाई त्यस्तो प्रशंसा महिलाबाट प्राप्त भयो भने त झन् सुनमा सुगन्ध । विपरीत लिंगीको थोरै मात्र प्रशंसाले पनि पुरुष हृदय उचालिन्छ । हेर्दाखेरि रफटफ, कठोर तथा खरो मिजासका पुरुषहरू पनि प्रशंसाबाट पग्लन्छन् । महिला मित्रहरू ! गर्ने होइन त पुरुषको प्रशंसा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment