Comments Add Comment

ओलीको ‘उग्र राष्ट्रवाद’ भारत भ्रमणले छर्लङ्ग: प्रकाशमान

२५ चैत, बुटवल । नेपाली कांगे्रसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘उग्र राष्ट्रवाद’ को छवि भारत भ्रमणले छर्लङग भएको बताएका छन् ।

प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले विगतमा ओली भारत विरोधीका रुपमा प्रस्तुत भएको तर प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमै गरेर आफ्नो ‘उग्र राष्ट्रवाद’ छर्लङ्ग पारेको तर्क गरे । ‘विगतमा उहांको उग्र राष्ट्रवाद कसरी प्रस्तुत भएको थियो, आखिर भ्रमण त भारतकै गरेर देखाउनु भो नि,’ कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सिंहले भने, ‘उहाँको राष्ट्रवादको विषय इतिहासले मूल्याङकन गर्नेछ ।’

नेता सिंहले प्रधानमन्त्रीको भारत भ्रमणलाई अहिल्यै सफल र ऐतिहासिक भन्न नसकिने बताए । ‘उहाँले गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएछन् भने भ्रमण सफल भएको मान्न सकिन्छ ।’

नेता सिंहले सरकारले गर्ने राम्रा निर्णय र समृद्धिको अभियानको कांग्रेसको रचनात्मक साथ र समर्थन रहने बताए । तर, लोकतन्त्रका मूल्य मान्यताको तल माथि गरे चुप लागेर नबस्ने बताए ।

तीन वटै चुनावमा पार्टीले हार बेहोर्नु पछाडि मूलरुपमा पार्टी नेतृत्व दोषी रहेको कुरा आफूले लिखितरुपमै राखेको स्मरण गराए ।

देश संघीय संरचनामा गएपनि पार्टीको संरचना पुरानै भएको, महाधिवेशन भएको २ महिनामा हुनुपर्ने पदाधिकारी नियुक्ति र विभागहरु गठन हुन नसक्नु पनि पार्टी हारको कारण रहेको उनले बताए ।

कांग्रेसलाई कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन नेतृत्व परिवर्तन,सांगठानिक सुदृढता र वैचारिक स्पष्टता अपरिहार्य भएको पनि सिंहले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment