Comments Add Comment

विवाहका लागि तयार छुः दीपिका


बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहको चाँडै बिहे हुने चर्चा व्यापक छ । दीपिकाको हालैको एउटा अन्तरवार्ताले पनि यसलाई बल पुर्‍याएको छ ।

अन्तरवार्तामा उनले भनेकी छिन्, ‘विवाह मेरो जीवनका लागि जरुरी हिस्सा हो । म पनि मेरा अभिभावकहरु जस्तै विवाह गरेर बस्न चाहन्छु ।’
आफु विवाहको लागि तयार भएको अन्तरवार्तामा उनले बताएकी छिन् ।

‘म आफुलाई एउटा कामकाजी महिलाको रुपमा देखाउन चाहन्छु । आमा हुने रहर छ मलाई पनि । विवाह मेरो लागि महत्वपूर्ण आवश्यकता हो । मैले मेरा आफन्तहरुको जीवनशैली देखेको छु । म पनि त्यस्तै खुसी हुन चाहन्छु,’ दीपिका भन्छिन् ।

अहिले कामकै कारण आफ्नो जीवन मुस्किलमा बितिरहेको अनुभव गरेकी छिन् उनले । घर, परिवार, बुबा आमालाई भेट्न पनि उनले विशेष सेड्युल बनाउनुपर्ने स्थिति छ । विवाह कहिले भन्ने प्रश्नमा भने उनले टार्न खोजे झै कुरा गरिन् ।

‘जुन दिन मेरो साइत आउँछ, त्यो दिन मेरो बिहे हुन्छ,’ उनले हाँस्दै भनिन् । अहिले तत्कालै फिल्म छाड्ने हो भने आफ्नो वरिपरि भएका मान्छेहरु पागल हुनसक्ने उनको भनाई थियो । पद्मावतको सफलतापछि उनको दैनिकीमा परिवर्तन भएको टिप्पणी धेरैले गरेका थिए । तर उनले आफुमा कुनै परिवर्तन नभएको प्रतिक्रिया दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment