+
+
Shares

‘हाइ प्रोफाइल’ बाल यौन दुराचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २५ गते १८:१४

२५ चैत, काठमाडौं । बाल यौन दुराचारको आरोपमा क्यानेडियन नागरिक पिटर डाल्गिस पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई काभ्रेको मन्डन देउराउली नगरपालिकाबाट पक्राउ परेको हो ।

प्रहरीका अनुसार उनी बाल यौन दुराचारको आरोपमा पक्राउ पर्ने ‘हाइ प्रोफाइल’ व्यक्ति हुन् ।

गैर नाफामूलक संस्था स्टि्रट किड्स इन्टरनेशनलका संस्थापकसमेत रहेका उनी २००२ मा राष्ट्रसंघको बाल श्रमविरुद्धको कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार थिए ।

त्यसपछि २०१० देखि ०१४ सम्म यूएन हाबिटाटको अफगानिस्तान प्रतिनिधि रहेका उनले अहिले ‘हिमालयन कम्युनिटी फाउण्डेसन’ चलाएका छन् ।

उनले आफ्नो परिचयमा ‘बालबालिकाको साहस’ भनेका छन् र विश्वका गरिब बच्चाहरुलाई आफ्नो जीवन समर्पित गरेको बताउने गरेका छन् । तर, तीनै व्यक्ति बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?