Comments Add Comment

फेरिए दिशाका दिन


बलिउड अभिनेत्री दिशा पटानीका दिन फेरिएका छन् । अभिनेता टाइगर श्राफसँगको प्रेम उनलाई निकै फापेको छ ।

अहिलेसम्म मुलधारका नायिकामा उनको गणना हुन्थेन । तर बागी २ को जबरजस्त सफलतापछि उनले यो लहरमा आफूलाई उभ्याउन सफल भएकी छिन् । सय करोड क्लवकी नायिका जो बनिन् । अचेल उनको फुर्तिफार्ति बेग्लै भएको छ ।

दिशाले एक अन्तरवार्तामा खुलासा गरेकी थिइन् कि उनी जम्मा ५ सय भारुको नोट बोकेर मुम्बईमा स्ट्रगल गर्न आएकी थिइन् । तर, अहिले हेर्नुस उनी ५ लाखको पर्स बोक्ने भएकी छिन् । हालै उनी बान्द्राको एक रेस्टुरेन्टमा देखिएकी थिइन् । त्यतिबेला उनले सनेल ब्रान्डको स्लिङ ब्याग बोकेकी थिइन् जसको मूल्य ५ लाख ५४ हजार भारु पर्छ ।

उनले लगाउने लुगा, जुत्ता पनि लाखौं मूल्यका हुन्छन् । महंगो ड्रेसअप गर्नमा बलिउडमा दिपिका पादुकोण अग्रणी छिन् । तर उनर्लाइ अहिले दिशाले सोझै टक्कर दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment