Comments Add Comment

मेलम्चीको अन्तिम सुरुङको पनि ब्रेक थ्रु, दशैंअघि नै पानी आउने

२७ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको पनि आज ब्रेक थ्रु भएको (छिचोलिएको) छ । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको सोमबार सिन्धु ग्याल्टुङ खण्डमा ब्रेक थ्रु भएको हो ।

प्राविधिक रुपमा सुरुङ खनेर सोमबार नै सकिएको भए पनि ब्रेक थ्रु को औपचारिक कार्यक्रम भने चैत २९ गते राखिएको छ ।

योसँगै मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । अब फिनिसिङको काममात्र हुनेछ’ उनले भनिन् ।

खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ ३ खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो । दुईवटा खण्डको यसअघि नै ब्रेक थ्रु भइसकेको छ ।

खानेपानी मन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका वासिन्दाले मेलम्चीको पानी खान पाउने दावी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment