+
+
Shares

प्रदेश १ लाई नमूना बनाउँछुः मुख्यमन्त्री रार्इ

सटेन्द्र जगेबु सटेन्द्र जगेबु
२०७४ चैत २७ गते १८:०४

२७ चैत, इलाम । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउँदै नमूना प्रदेश बनाउने दावी गरेका छन् ।

रत्न वान्तावाको ३९ औं स्थापना दिवसको अवसरमा रत्न वान्तावको घर चित्रे चमैतामा रत्न बम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश १ सबै दृष्टिकोणले सम्भावनायुक्त भएकाले समृद्धि हासिल गर्न सहज रहेको बताउ । ‘भौगोलिक, जातीय विविधतासँगै आर्थिक समृद्धिका आधारहरु पर्याप्त छन्,’ मुख्यमन्त्री राईले भने, ‘यसैले हामी प्रदेश १ लाई नमूना प्रदेश बनाउने छौं ।’

आगामी बजेटमा यसका लागि ठोस नीति र योजना लिएर आउने पनि राईले बताए । विज्ञहरुको सहयोगमा प्रदेशलाई समृद्ध बनाउनका लागि नीति र योजना बनाउने काम गरिरहेको उनले बताए ।

प्रदेश सरकार गठन भएलगत्तै शहीदहरुको सम्मानमा शहीद भूमिलाई नमूना गाउँ बनाउने निर्णय गरेको र यसको कार्यान्वयन चाँडै गर्ने पनि उनले बताए । ‘हिजोसम्म गफ गर्ने फुर्सद थियो अब काम गर्ने समय आएको छ ,’ उनले भने-‘अब समृद्धिका लागि तीब्र गतिमा लाग्ने् छौं ।’

कार्यक्रममा रत्न वान्तावको समकक्षी तथा एमालेका पोलिटव्यूरो सदस्य प्रदीप नेपाल, प्रगतिशील लेखक संघका मात्रिका पोख्रेल, राष्ट्रिय सभा, प्रदेश सभाका सांसदहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा आधा दर्जन लेखकहरुलाई सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?