Comments Add Comment

सोनमको बिहे स्वीट्जरल्यान्डमा होइन, मुम्बईमा नै हुने

बलिउड अभिनेत्री सोनम कपुर आफ्नो प्रेमी आनन्द आहुजासँग बिहे गर्ने तयारीमा छिन् । उनीहरुले आउँदो ११ र १२ मेमा स्वीट्जरल्यान्डमा बिहे गर्न लागेको खबर हालै सार्वजनिक भएको थियो ।

तर, पछिल्लो खबरअनुसार उनीहरुको बिहे स्वीट्जरल्यान्डमा नहुने भएको छ । त्यहाँ रिसोर्ट खालि नभएको भन्दै मुम्बईमा नै बिहे गर्ने तयारी दुवै परिवारले गरेका छन् ।

सोनम र आनन्दको परिवारले स्वीट्जरल्यान्डका लागि टिकट पनि बुक गरिसकेका थिए । तर, आखिरी समयमा भेन्यू चेन्ज गर्ने निर्णय लिएका छन् ।

केही हप्ता अगाडि कपूर परिवार स्वीट्जरल्यान्डको मोन्ट्रेक्स्मा रिसोर्ट बुक गर्नका लागि गएका थिए । रिसोर्टका म्यानेजर तयार पनि भएका थिए । तर दोस्रोपटक पैसा तिर्नका लागि कपुर परिवार गए, त्यतिबेलासम्म अर्कैले बुक गरिसकेछ । म्यानेजरले भने कि कुनै कोठा खाली छैन ।

रिया र सोनम यस सिलसिलामा कुरा गर्न होटल म्यानेजरकहाँ पुगेका थिए । उनीहरुले विवाहमा आउने पाहुनाहरुका लागि एउटा ठूलो स्पेस र कोठाको माग गरे । साथै यो पनि गफ दिए कि यदि त्यहाँ बिहे भयो भने उनीहरुको होटलको व्यापक पब्लिसिटी हुनेछ । तर म्यानेजर सहमत भएनन् ।

होटलको नीति अनुसार जो पहिले आउँछ, उसैले कोठा पाउँछ । सेलिबि्रटी भन्दैमा होटलले आफ्नो नीतिविरुद्ध जान चाहेन । बरु कपुर खानदानले नै आफ्नो योजना बदल्नु पर्‍यो । भारतमा पो उनीहरुको प्रतिष्ठा छ, विदेशमा उनीहरुलाई कसले गन्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment