२८ चैत, काठमाडौं । सरकारले शिक्षक तथा सार्वजनिक पद धारण गरेका सबैलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आव्हान गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै यस्तो आहृवान गरेका हुन् । कार्ययोजनामा दई वर्ष भित्र साक्षर नेपाल घोषणा गर्ने उल्लेख छ ।
हरेक प्रदेशमा एक एक वटा आवासीय मातृभाषी विद्यालय स्थापना गर्ने र विद्यालय तहको पाठ्यक्रममा परिमार्जन गरिने भएको छ ।
कार्ययोजनाअनुसार कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम र कक्षा शिक्षण वा बहुकक्षा शिक्षण व्यवस्था लागु गरिने छ । माध्यमिक तह (कक्षा ११ र १२) मा एकल पथिय पाठ्यक्रम लागु गरिने मन्त्री पोखरेलको कार्ययोजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4