Comments Add Comment

नेप्से सिमान्तदरमा बढ्यो, कारोबार रकम सुस्तियो


२८ चैत, काठमाडौं । नेप्से परिसूचक बुधबार ३ दशमलव १० अंकले बढेर १२७३ विन्दुमा आइपुगेको छ । कारोबार खुलेको केही पछि नै १५ अंकसम्म घटेको नेप्से परिसूचक त्यसपछि बढेर १२७३ विन्दुमा आएको हो ।

बजार सिमान्तदरमा बढ्दा कारोबार रकम भने घटेर २८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । दुई कम्पनीको मात्रै एक करोडभन्दा माथिको सेयर कारोबार भएको छ । नबिल बैंकको संस्थापक सेयर र ओम डेभलपमेन्ट बैंकको सेयर कारोबार मात्रै करोड कटेको हो ।

८५ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको सेयर मूल्य घटेको छ । कुल एक सय ५८ कम्पनीको सेयर कारोबार भएको हो । कारोबारमा आएकोमध्ये पाँच समूहका परिसूचक बढेको छ । बीमा, जलविद्युत, उत्पादनमुलक, लघुवित्त र बैंकिङ समूहको परिसूचकमा वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment