+
+

लुगा फुकाल्ने नायिकाले सार्वजनिक गरिन् निर्मातापुत्रसँगको गोप्य फोटो

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २८ गते १७:१४

नग्नता प्रदर्शन गरेर चर्चामा आएकी तेलुगु अभिनेत्रीले कास्टिङ काउचविरुद्धको आफ्नो लडाईंलाई अर्को उचाईमा पुर्‍याएकी छन् । उनले तेलुगु फिल्म इन्डष्ट्रीका ठूला माछाहरुलाई नंग्याउने चेतावनीका साथ एक प्रख्यात निर्माताका छोरासँगको इन्टिमेट फोटो सार्वजनिक गरेकी छिन् ।

‘उनले मलाई आफ्नो स्टुडियोमा बलात्कार गरे,’ अभिनेत्रीको दावी छ । ती निर्माता पुत्रले आफूलाई ठूला निर्माता र निर्देशकहरुसँग भेटाउने प्रलोभन देखाएर बलात्कार गरेको उनी बताउँछिन् ।

‘काम खोजिरहेको अवस्थामा म उनको पछिपछि लागेँ । एक दिन उनले आफ्नो स्टुडियोमा मलाई लगे र बलात्कार गरे,’ अभिनेत्रीले भनिन् । उनका अनुसार यो घटना पाँच वर्ष अगाडिको हो ।

यसअघि उनले एक इन्डियन आइडलका गायकले आफूलाई लगातार पछ्याएर नांगो फोटो पठाउन दवाव दिएको खुलासा गरेकी थिइन् । उनले ती गायकसँग ह्वाट्सएपमा भएको कुराकानीको स्क्रिनसटहरु पनि सेयर गरेकी छिन्, जसमा गायकले उनलाई फोटो पठाउन आग्रह गरिरहेको देखिन्छ ।

कास्टिङ काउचविरुद्धको यी अभिनेत्रीको लडाईमा फिल्म इन्डष्ट्री विभाजित छ । कानूनी लडाई लड्नुको साटो आफूलाई नंग्याएर अभिनेत्रीले गलत कदम उठाएको धेरैजसोले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?