Comments Add Comment

डोनाल्ड ट्रम्प र राजेश हमालसँग माफी माग्दै ‘जय भोले’को टिजर रिलिज


आउँदो बर्षको दशैको फूलपातिमा रिलिज हुन लागेको चलचित्र ‘जय भोले’को टिजरको सुरुवातले दर्शकलाई कौतुहलता प्रदान गर्न सक्छ । चलचित्रको टिजरको सुरुवातमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमति, बलिउड नायक सैफअली खान र नायिका करिना कपुर, नायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराइसँग माफी मागिएको छ । आखिर, यी ३ विवाहित चर्चित मानिसहरुसँग किन माफी मागियो होला भन्ने कुराले दर्शकमा कौतुहलता पैदा गर्छ ।

निर्देशक अशोक शर्माले १२ बर्षपछि निर्देशन गरेको यो चलचित्रको टिजर कमेडी शैलीमा बनाइएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रले दुई केटा साथीको भावानात्मक मित्रता र प्रेमको कथालाई उठान गरेको छ । डेढ करोडको बजेटमा बनेको यो चलचित्रको छायांकन झापा, इलाममा गरिएको हो । चलचित्रमा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य, रोशनविक्रम भट्टराइको एक्सन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment