Comments Add Comment

के हो प्लान्टर-फेसाइटिस ?

प्लान्टर फेसिया बाक्लो, माकुराको जालो आकारको लिगामेन्ट हो । जसले कुर्कुच्चालाई पैतालाको अगाडिको भागसित जोड्ने काम गर्छ । यसै फेसाइटिसमा दुख्ने तथा सुन्निने समस्यालाई नै प्लान्टर-फेसाइटिस भन्ने गरिन्छ ।

प्लान्टर-फेसाइटिस हाडजोर्नीको समस्याहरुमध्यको एउटा सामान्य समस्या हो ।

लिगामेन्ट खुम्चने, तन्किने तथा च्यातिने गर्नाले यो समस्या बढी हुने गर्छ । यो समस्या पुरुषको तुलनामा महिलाहरूलाई बढी हुने गर्छ ।

प्लान्टर -फेसाइटिसका लक्षण

-पैतालामुनि दुख्ने

-पैताला पोल्ने, दुख्ने तथा घोचेजस्तो महसुस हुने

-पैताला सुन्निने

-विहानको समयमा बढी दुखाइ महसुस हुने र उठेर पहिलो पाइला टेक्दा बढी हुने

-भर्‍याङ्ग चढ्दा गार्‍हो हुने

-दैनिक कार्य गर्दा खासै दुखाइ महसुस नहुने तर आराम गर्दाको समयमा बढी दुख्ने

प्लान्टर-फेसाइटिस हुनुका कारक ?

प्लान्टर फेसियामा लगायतार दवाव परेमा वा तन्किने खुम्चने गरेमा प्लान्टर-फेसाइटिसकेा समस्या बढी हुने गर्दछ । यस्तो समस्या हुनुमा बढ्दो आयुका साथै अन्य धेरै कारण हुनसक्छ ।

-तौल धेरै हुनु, मोटोपना

-गर्भावस्था

-लामो दूरी पार गर्ने धावक, फुटवल, बास्केट बल, भलिवल लगायतका खेलाडीमा पनि यस्तो समस्या बढी देखिने गर्छ  ।

-बढी उभिएर काम गर्नु पर्ने पेसा (जस्तैः वेटर,पुलिस, शिक्षक/ शिक्षिका)

-४०-७० वर्षको उमेर

-सˆट सोल भएको जुत्ताको प्रयोग गर्ने महिलामा

-पैतालाको बनोट तथा आकारमा समस्या भएमा

-पैतालामा नरम भएमा वा पैतालाको तालु हल्का अग्लो वा असामान्य भएमा

उपचार विधि

-कुर्कुच्चालाई आराम दिने

(वरफ थेरापी -१५ देखि २० मिनेटसम्म दिनको ३/४ पटक वरफले सेक्ने )

-स्टे्रचिङ्ग एक्ससाइज गर्ने

-जुत्तामा आर्क सपोर्ट तथा सिलिकन कुसन हिलको प्रयोग गर्ने

-चिकित्सकसितको परामर्श अनुसार उचित औषधीको सेवन गर्ने

-खाली खुट्टा नहिँड्ने

-तौल कम गर्ने

(सुरज एभरेष्ट हस्पिटल, नयाँ बानेश्वरका सिनियर फिजियोथेरापिस्ट हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment