Comments Add Comment

यस्तो एक्सरसाइज, जसबाट फिट छिन् करिना

बलिउड फिल्म उद्योगकी आकर्षक र फिट अभिनेत्रीमध्ये एक हुन्, करिना कपुर । करिना आˆनो फिटनेस, लुक्स र फेसनमा सजग रहन्छिन् । बलिउड अभिनेता सैफ अलि खानसाग बिहे गर्नु अघि उनी जिरो फिगरका कारण पनि चर्चामा थिइन् । अहिले बच्चा जन्माएपछि पनि १२ किलो तौल कम गरेर उनी चर्चामा आइन् ।

एक सन्तानकी आमा बनेकी करिनाले आˆनो पहिलेको लुक्स र फिटनेस ल्याउनको लागि निकै मेहनत गरिन् । उनको फर्किएको सुन्दरताको पछाडिको कारण हो, एक्सरसाइज । जसलाई ‘पिलेट्स एक्सरसाइज’ भनिन्छ ।

धेरै सेलिब्रेटीको फिटनेस राज

गएको एक दुई वर्षमा बलिउडका धेरै अभिनेत्रीको फिटनेसको पछाडिको कारण हो, ‘पिलेट्स एक्सरसाइज’ । दीपिका पादुकोण, आलिया भट्ट, कैटरिना कैफ, जैक्लीन फर्नांडिसलगायत धेरै चलेका अभिनेत्रीले यही एक्सरसाइजको मद्धतमा कम समयमा सुन्दर आकर्षक शरीर बनाएका छन् ।

केही दिनअघि करिनाकी पर्सनल टे्रनर नम्रता पुरोहितले करिनाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘पिलेट्स एक्सरसाइज’ को मद्धतमा उनमा परिवर्तन आएको बताएकी थिइन् ।

के हो पिलेट्स एक्सरसाइज ?

‘पिलेट्स एक्सरसाइज’ हिजोआज फिटनेस चाहनेहरुमा निकै पि्रय छ । बैलिउड मात्रै होइन हलिउडमा पनि यही एक्सरसाइज गर्नेहरु धेरै छन् । वास्तवमा यो एक्सरसाइजको सही नाम ‘कन्ट्रोलोजी’ हो । यसको नाम यसका खोजकर्ता जोसेफ पिलेटले राखेका हुन् । यसैले यो एक्सरसाइजको नाम पिलेटकै नामबाट ‘पिलेट्स एक्सरसाइज’ को रुपमा चर्चित भयो ।

कसरी गर्छ यसले काम ?

कुनै विशेष किसिमको पिलेट्स गर्नका लागि केही मेसिनहरु पनि चाहिन्छ । तर, धेरैजसो पिलेट्स एक्सरसाइज तपाइा आˆनो घरमै एउटा म्याट ओछ्याएर आरामले गर्न सक्नु हुन्छ । ‘पिलेट्स एक्सरसाइज’ ले शरीरको फिटनेस र स्टे्रन्थमा काम गर्दछ ।

यसले दिमागलाई सन्तुलित राखेर आराम दिन पनि मद्धत गर्दछ । यसका खोजकर्ता जोसेफ पिलेट पनि दिमाग नै मांसपेशीलाई नियन्त्रण गर्न लागि पर्ने बताएका थिए । यसैले ‘पिलेट्स एक्सरसाइज’ ले पनि यसमा काम गर्दछ ।

‘पिलेट्स एक्सरसाइज’ को फाइदा

-‘पिलेट्स एक्सरसाइज’ को अभ्यास नियमित गर्दा यसले सबै प्रकारको चोट, मर्काइ आदि छिटो ठीक गर्न मद्धत गर्दछ । वास्तवमा यो एक्सरसाइजको खोज नै पिलेटले दोस्रो विश्वयुद्धका बेला घाइते सैनिकको चोट र दुखाई ठीक गर्न गरेका थिए ।

-‘पिलेट्स एक्सरसाइज’ को अभ्यास गर्नाले शरीरमा अक्सिजनको मात्रा सही बनाइरहन पनि मद्धत पुग्दछ ।

-यसले रगत सञ्चालनमा पनि सहयोग पुग्दछ । यसैले यो कार्डियो एक्सरसाइज पनि हो । साथै हृदयमा हुने बिमारीमा पनि काम गर्दछ ।

-धेरैजसो यो एक्सरसाइज घरमै गर्न सकिन्छ ।

तर, तपाइा आफ्नै पारामा यो एक्सरसाइज गर्ने प्रयास भने नगर्नुहोला । राम्ररी बुझेर र सिकेर मात्र गर्नुहोला । नुबझी आˆनै भरमा गर्दा यसले शरीरलाई फाइदा होइन बेफाइदा पुग्न सक्छ । यसैले बुझ्ने मान्छेबाट सिकेर मात्र गर्नुहोला ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment