Comments Add Comment

सुधीर बस्नेतको ‘ओरेन्टल’ पीडितलाई डुबेको पैसाको माग दावी गर्न आह्वान


२ वैशाख, काठमाडौं । सुधीर बस्नेत सञ्चालक रहेको ओरेन्टल को-अपरेटिभका बचतकर्ता र अपार्टमेन्ट खरिद गर्नेका लागि आफ्नो डुबेको रकम फिर्ता पाउन माग दावी प्रक्रिया खुला भएको छ ।

आइतबारदेखि पूर्वन्यायधीस गौरबहादुर कार्की अध्यक्ष रहेको समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले माग दावी गर्न  अाह्वान गरेको हो ।

अोरेन्टल सहकारीका बचतकर्ता र अपार्टमेन्ट किन्नेहरुले जेठ ६ गतेसम्म आफ्नो माग दावी पेश गर्न सक्ने अध्यक्ष कार्कीले जानकारी दिए । ‘हामीले रकम फिर्ता गर्न पीडितहरुको आवेदन मागेका छौं । डुबेको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भएको छ,’ कार्कीले भने ।

समितिलाई सरकारले समस्याग्रस्त सहकारी संस्थामा डुबेको सर्वसाधारणको रकम फिर्ता गर्ने जिम्मा दिएको छ । अब समितिमा नै पीडितले अावेदन दिनुपर्नेछ ।

यसैगरी विराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीका जिल्ला समन्वय समितिको कार्यालयमा आवेदन दिन सकिनेछ ।

पीडितले सहकारी विभागको वेभसाइट र समितिको वेवसाइटबाट मार्फत निवेदनको ढाँचा डाउनलोड गर्न सक्छन् ।

आफ्नो रकम फिर्ता पाउने दावी गर्न बचत रकमको निस्सा, सेयर सदस्यताको प्रमाणपत्र, अपार्टमेन्ट बुकिङ गर्दाको रकमको निस्सा, धितो राखेको चलअचल सम्पत्तिको विवरण र नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सार्वसाधारणको करोडौं रकम ठगेका घरजग्गा व्यवसायी  बस्नेत थुनामा छन् । उनलाई अदालतले २ वर्ष कैद र ४५ लाख जरिवानाको फैसला सुनाएको छ ।

बस्नेतले विभिन्न १४ वटा बैंकबाट १ अर्ब ६० करोड र सहकारी, सर्वसाधारण र व्यवसायीसँग लिएको करिब ७ अर्ब रुपैयाँ चुक्ता बाँकी रहेको अनुमान छ। पीडितहरूले भने अाफूहरूको १० अर्ब रकम डुबेको दावी गर्दै अाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment