Comments Add Comment

रिलायन्स लाइफद्वारा बाल जीवन योजना सुरु

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बर्ष २०७५ को अबसर पारेर ‘मेरो मुटु बाल जीवन वीमा’ योजना सुरु गरेको छ ।
एक महिनादेखि नै बच्चाको वीमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षा एकैपटक हुनु यो योजनाका ेविशेषता हो ।

यस योजनाका अन्य बिशेषताहरुमा परिपक्कतामा पाइने सुविधाका साथै वीमा अबधिभर प्रस्तावकाको कुनै कारणले मृत्यु वा दुर्घटनामा परी स्थायी अशक्तता भएमा सो घटना पश्चातको बाँकी सवै वीमा शुल्क मिनाहा हुनुका साथै वीमांक रकमको १ प्रतिशतको दरले हुन आउने रकम आयको रुपमा वीमा अबधिभरी हरेक महिना प्रदान गरिने छ । जसले गर्दा बच्चाको भविष्य निर्माणमा बिशेष योगदान पुग्ने छ ।

यो योजनासँगै रियायन्सले पाँचवटा वीमा योजनामार्फत सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment