Comments Add Comment

‘क्याप्टेन’ अनमोलकी उपासना


नायक अनमोल केसी हरेक चलचित्रमा नयाँ नायिकासँग काम गर्छन् । यो संयोग मात्र हो या उनको शैली नै हो, यो उनले मात्र जान्ने कुरा हो ।
अब, उनी नयाँ चलचित्र ‘क्याप्टेन’मा व्यस्त हुँदैछन् । यो चलचित्रका लागि अहिले अनमोलले फुटबलको ट्रेनिङ पनि लिइरहेका छन् ।

नायक अनमोल केसीसँग यो चलचित्रमा २ नव-नायिकाले काम गर्ने पक्का भएको छ । नव-नायिका उपासना सिंह ठकुरीको नाम त सार्वजनिक भैसकेको छ । तर, अर्की नायिकाको नाम निर्माणपक्षले सार्वजनिक गरेको छैन ।

यो चलचित्रमा अनमोलसँग काम गर्न लागेकी उपासना उत्साहित छिन् । अनलाइनखबरसँगको भेटमा उनले अनमोलको सहकर्मी भएर चलचित्र क्षेत्रमा प्रवेश गर्न पाउँदा खुशी लागेको बताइन् । अहिले उनी दैनिक वर्कसपमा व्यस्त छिन् ।

वुढानिलकण्ठकी उपासना अहिले स्नातक प्रथम बर्षमा अध्ययनरत छिन् । उपासनाको तस्बिर इन्स्ट्राग्राममा देखेपछि उनलाई निर्माणपक्षले रोजेको हो ।

क्याप्टेनमा उपासनाका लागि ‘क्याप्टेन’ अवसर र चुनौती दुबैछ । अनमोलको फिल्ममा काम गर्ने नायिका निकै चाँडो लाइमलाइटमा आउँछन् । उनको फिल्म ड्रिम्सबाट डेब्यू गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले नेपाली चलचित्रमा नम्बर १ नायिका बनेकी छिन् । यस्तै अघिल्लो फिल्म कृबाट आएकी अदिती बुढाथोकीको पनि व्यापक चर्चा भयो । अब उपासनाले यो अवसरलाई कतिसम्म सदुपयोग गर्न सक्छिन्, उनकै हातमा छ ।

क्याप्टेनमा उनले नायक अनमोल केसीसँग रोमान्स गर्नेछिन् । उपासना भन्छिन्-‘सक्दो मिहिनेत गर्नेछु ।’ भूवन केसीको निर्माणमा दिवाकर भज्ञट्टराइले निर्देशन गर्न लागेको यो चलचित्रले फुटबलरको कथालाई उठान गरेको छ । अहिले चलचित्रको कथामा समेत काम भैरहेको छ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment