Comments Add Comment

कार्यान्वयन गर्न सकिने कानून बनाउन शिक्षामन्त्रीलाई सुझाव

३ चैत, काठमाडौं । कार्यान्वयन गर्ने गरी कानून निर्माण गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई सरोकारवालाहरुले सुझाव दिएका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले कार्यान्वयनमा हुन नसक्ने कानून निर्माण गरेर अल्झिनुभन्दा कार्यान्वयन गर्न सुझाव दिए ।
वर्तमान आवश्यकतामा आधारित नेपालको शिक्षासँग सुहाउदो कानून निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपालको विशिष्टतामा समाजवादी शिक्षाको प्रारुप’ र ग्रेडिङ प्रणाली र विषयगत उपलब्धी प्रमाणीकरण’ विषयक कार्यशालामा सहभागी सरोकारवालाले पुरानै ऐन, कानूनमा अल्झिन नहुने सुझाव समेत दिएका थिए ।

कार्यक्रममा विद्यार्थी नेता रञ्जित तामाङले मुलुकमा ठूलो परिवर्तन भइसक्दा पनि पुरानै ऐनलाई संशोधन गरेर शिक्षा क्षेत्र चलाइएको भन्दै छिटोभन्दा छिटो नयाँ ऐन निर्माण गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले गोल्डेन हेण्डसेकलाई पाखा लगाउने तयारी भएको भन्दै शिक्षा मन्त्री पोखरेलको ध्यानाकर्षण समेत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment