1. ताजा अपडेट
Comments Add Comment
Khamma Singh Darlami Magar, Bharshe, Gulmi
२०७५ वैशाख ४ गते १३:१०
UML is on a road to Venezuela and they would not listen, anyone , NC is they already declared as No- 1 Enemy but, interesting that Modi is the best friend and Xi jin Ping too. If we allow Communist government for just five years we will easily reach to Venezuela.
Avas Upadhyay
२०७५ वैशाख ४ गते १२:५२
कांग्रेस नेताले भने-सत्तापक्ष र प्रतिपक्ष मिल्नुको विकल्प छैन Yo advise Deuba Ji lai dinu hola hai.
ram
२०७५ वैशाख ४ गते १२:२०
अबकेा ५ बर्ष अाराेप प्रत्यारेाप भन्दा पनि मिलेर देश बिकास गरैाँ । देश धेरै पछि पर्येा । मेरेा बिन्ति छ । देशलाइ अब खेाक्रेा नबनाउ ।

कांग्रेस नेताले भने-सत्तापक्ष र प्रतिपक्ष मिल्नुको विकल्प छैन

४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सत्ता पक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले ६ महिनाभित्र झण्डै तीन सय कानुन बनाउनुपर्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष संसदमा मिल्नुको विकल्प नभएको बताएका हुन् ।

उनले संसदीय समिति सातवटा बनाउनसमेत सुझाव दिए । संसदीय समिति १० वटा बनाउने तयारी भइरहेका बेला प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा कांग्रेस सदस्य विश्वकर्माले सातवटा कायम राख्न सुुझाव दिएका हुन् ।

प्रदेश संसदमा पनि संसदीय समिति हुने भएकाले संघीय संसदमा सातवटा मात्रै समिति भए पुग्ने बताए । सातले नपुग्ने भए बढीमा नौवटासम्म बनाउन सकिने उनले बताए ।

नियमावली बनाउँदा न्यायपालिकाको स्वतन्त्रतामाथि आँच आउने, कुठाराघात हुने गरी बनाउन नहुनेमा विश्वकर्माले जोड दिए ।

१३ सदस्यीय समितिमा संयोजक पोखरेल र सदस्य विश्वकर्मासहित जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडु, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, डा. मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा. विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य छन् ।

समितिले प्रतिनिधिसभा मातहत रहने समितिको नाम र संख्या तय गर्ने तथा प्रतिनिधि सभाको बैठक सञ्चालनको सम्पूर्ण कार्यविधि तय गर्ने जिम्मेवारी पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment