बिहीबार, ३ साउन, २०७५
OnlineKhabar.com
Suzuki

केपी ओलीको कार्यशैलीमा प्रचण्डले उठाए प्रश्न

एउटा अध्यक्ष, अर्को सेरेमोनियल हुने त होइन ?

Suzuki


४ वैशाख, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा विवादित विषय भन्दा शीर्ष नेतृत्वमा देखिएको एकअर्काका आशंका मेट्ने प्रयास भएको छ । बैठकमा प्रचण्डले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगेकोदेखि सचिव सरुवासम्म असन्तुष्टि जनाएका छन् ।

स्रोतका अनुसार प्रचण्डले माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री भएपछि आफूहरुलाई थाहा नै नदिई राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेकोमा असन्तुष्टि जनाएका छन् । सचिव सरुवाबारे पनि माओवादी मन्त्रीहरुसँग परामर्श नै नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।

अहिले राष्ट्रिय योजना आयोग गठन नै नगरी बजेट निर्माण थालेकोमा पनि उनले असन्तुष्टि जनाएका छन् ।

प्रचण्डले भनेका छन्, ‘यो कार्यशैली हो भने त दुईवटा अध्यक्ष बनाएपनि एउटा कार्यकारी, अर्को सेरेमोनियल त हुँदैन ?’

उनले बैचारिक राजनीतिक विषय के गर्ने ? महाधिवेशन कसरी गर्ने भन्ने प्रश्न पनि उठाएका छन् ।

७ फागुनमा दुई पार्टीबीच भएको सातबुँदे सहमतिमा एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘माक्र्सवाद-लेनिनवाद’ हुने उल्लेख छ । तर, एमालेले अबलम्बन गरेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको २१औं सताब्दीको जनवाद लगायतका विषयमा अझै टुंगिएको छैन ।

स्रोतका अनुसार पार्टी एकता गर्दा बैचारिक राजनीतिक विषयहरु महाधिवेशनबाट टुंगो लगाउने भन्ने र महाधिवेशनमा भोटिङ गरेर टुंगो लगाउने त होइन भन्ने माओवादीको आशंका छ । साथै महाधिवेशनबाट नेतृत्व चयन पनि सहमतिकै आधारमा गर्नु पर्ने माओवादीको जोड छ ।

‘समान पनि नभनौं, प्रतिशत पनि नभनौं’

पार्टी एकता संयोजन समितिको बैठकमा एकीकृत पार्टीको केन्द्रीय समितिबारे सामान्य छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले आफूमाथि आशंका नगर्न आग्रह गरेका छन् ।

‘दुबै अध्यक्ष रहने सहमति त पहिला भएको हो तर, प्रधानमन्त्रीको व्यवहारका कारण आशंका लागेर प्रचण्डले प्रश्न उठाउनु भएको हो’ माओवादी स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले मैले त्यस्तो केही गरेको छैन । एउटा कार्यकारी एउटा शेरेमोनियल कहाँ हुन्छ र भन्नु भएको छ ।’

केन्द्रीय समिति विवादमा उनले ‘समान पनि नभनौं, प्रतिशत पनि नभनौं, आवश्यकताका आधारमा गरौं’ भनेका छन् ।

एकीकृत पार्टीको केन्द्रीय समिति २९९ प्रस्ताव गरिएको छ । एमाले नेताहरुले जनमतका आधारमा भन्दै २०० एमाले र ९९ माओवादीबाट गर्ने प्रस्ताव गरेका छन् । तर, माओवादी नेताहरुले भने पार्टी एकता सम्माजनक हुनु पर्ने भन्दै ५०/५० प्रतिशत हुनु पर्ने बताएका छन् ।

बैशाख ९ मा एकता घोषणा टर्‍यो

बैठकमा बैचारिक राजनीतिक र संगठनिक विषयमा कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिने जिम्मा दुई अध्यक्षलाई लिएको छ । चुनाव चिन्ह, जनयुद्ध लगायतका विषयमा विवाद छ ।

‘दुई कार्यदलले प्रतिवेदन पेश गरेको थियो, त्यसमाथि गम्भीर छलफल भयो र प्रस्तावहरुलाई आवश्यकता भए अन्तिम रुपमा परिमार्जन गरेर समितिमा पेश गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिइएको छ’ बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सञ्चारकर्मीहरुलाई भने ।

एमाले महासचिव ईश्वर पोखरेलले पनि केही विषय फाइनल टच दिन बाँकी रहेको र त्यो जिम्मा दुई नेतालाई दिएको बताए ।

नेताहरुका अनुसार बैशाख ९ मा पार्टी एकता घोषणा लगभग टरेको छ । यद्यपि औपचारिक निर्णय भएको छैन । ‘कार्यदल ९ गते एकता गर्न उपयुक्त हुन्छ भन्ने थियो । तर, यसबीचमा टुंग्याउने पर्ने विषय टुंगो भएन’ रक्षामन्त्री समेत रहेका एमाले महासचिव पोखरेलले सञ्चारकर्मीहरुसँग भनेका छन् ।

यो पनि पढ्नुस्

बिबादित विषय टुङ्ग्याउने जिम्मा अोली र प्रचण्डलार्इ

माओवादीलाई मन्त्री बास्कोटाको जवाफ- मोदीसँगै भेट भइसक्यो, थाइल्याण्ड भ्रमण पुरानो भो

माओवादीको निश्कर्षः ओलीको राष्ट्रवाद घोप्टियो, माधव नेपाल पिँध नभएका लोटा !  

सहमतिको बटमलाइनः ‘जनयुद्ध’ स्वीकारौं, एकता नटारौं !

२०७५ वैशाख ४ गते १८:२२ मा प्रकाशित (२०७५ वैशाख ५ गते ७:३०मा अद्यावधिक गरिएको)

लेखक परिचय

राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् । राजनीतिक ब्युरोमा कार्यरत श्रेष्ठले मधेस र जनजाति राजनीतिमा दख्खल राख्छन् ।
लेखकबाट थप
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१० प्रतिकृयाहरू प्राप्त
  • Nepali लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १४:०२

    भ्यागुताको धार्नी

    18
    1
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १४:०९

    गाउ खाने कथा,

    “बार्ताको नाम,तर गर्छन,

    एक अर्का बिरुद्ध सधै छलछाम ”

    त्यो के हो ?

    उत्तर,

    नेपालका ‘बाम’l

    23
    1
    Share

  • Drj लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १४:१७

    ओलीको कार्यशैली हेर्दा एमाले पार्टीको आफ्नै बहुमत पुगेको भए यिनी त हिटलरै बन्ने रहेछन जस्तो लाग्छ जे होस गठबंधन सरकार भए पछि आपसी छलफलको आधारमा चल्नु पर्ने हो जस्तो लाग्छ | प्रचण्डले हतारोमा पार्टी एकता गरी हाल्नु हुँदैन, जनताको म्याण्डेट पार्टी एकीकरणको लागी पक्कै हो तर एमालेमा बिलीन हुनलाइ पक्कै पनि होइन होला बरू परिवर्तन या राजनैतिक उपलब्धी लाइ जोगाउँदै संस्थागत गर्ने र आर्थिक विकास लाइ प्राथमिकता दिने शर्तमा बाहिर बसेरै पूर्ण समर्थन जनाएपनि हुन्छ त्यसो भयो भने एमाले लाइ सही दिशामा काम गर्न कर पनि लाग्छ |

    44
    60
    Share

  • सुरज लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १४:४७

    सचिव सरुवा काण्डले माओवादीलाई करोडौँको घाटा परे जस्तो छ।खान पाइने ठाउँमा सुँघ्न नि नपाए पछी रीस त उठ्ने नै भयो। नत्र प्रधानमन्त्रिय पद्दतीमा सचिव छान्ने अधिकार प्रम कै हो।सचिव भनेका मन्त्रालयमा प्रमकै प्रतिनिधि हुन्। मन्त्रीहरुको check and balance गर्न पनि सचिव प्रमले आफैँ छान्ने हो।नत्र मन्त्रि सचिव मिलेर मनोमानी गरे भइगयो नि।ठिक छ जनताले हेरीराखेका छन्।तटस्थ जनताको हैसियतमा भन्नु पर्दा ओलीको गतिविधि सन्तोषजनक नै छ। माओवादीलाई जनताले अझै size मा ल्याउनु पर्ने देखियो।

    40
    18
    Share

  • G लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १५:२०

    समावेशीकरण बैठकमा सशभागीता छैन र अन्य जातको मान्छे नभएर के पढनु यो खवर पढन् पनी दट्ठक लाग्यो

    2
    9
    Share

  • bimal लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १५:२९

    Hait kam garnelai kam garna dinuni kin khutta tanne kura gareko,jabba prachhanda pradhanmantri huda k e garna sakyo?yesko answer xa?yo government le
    loot-tantra garnelai thik parnuparxa ra prachandalepani oliko leadershiplai sath dinuparxa natra uhi lyang lyang ho.

    ramro kam garxu vannelai khulera sath dinuparxa yo haina ki affupani nagarne ani arulaipani garna nadine……………………

    6
    1
    Share

  • खम्ब सिंह दर्लामी मगर, भार्शे, गुल्मी जिल्ला लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १५:४३

    प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् , बैशाख ९ मा पार्टी एकता घोषणा टरेको छ यसबीचमा टुंग्याउने पर्ने विषय टुंगो भएन’
    ______________________________________________________
    यो एमाले माओवादीको एकता बार्ताले पुरै देश ले निकाश पाउला भनेको त् आरोप प्रत्यारोप पो सुरु भयो , यो एकता बार्ताले पुरै देश बन्दि भएको छ, यो चैत्र,बैशाख र जेष्ठ महिना २४ सै घण्टा ७ दिनै पुरा काम गर्नु गराउनु पर्नेमा खाली एमाले माओवादीको एकता बार्ता बार्ता बार्ता भन्दा भन्दै पुरा देश ठप्प छ, बिकाश बजेट ३०% मात्र खर्च भयो भन्छन ३ महिना मा छिटोछिटो निर्णय गरेर भटाभट अगाडी गर्नु पर्ने मा लगन का बेला हागन –
    एमाले माओवादीको एकताको कुरा सुरुभएको त् कहिले कहिले हो ८-१० बर्ष पुरा पुग्यो होला, तर दशैं अगाडिनै एमाले माओवादीको एकता भए सरह गरी भाषण तासन आएका थिए, अब अहिले आएर सुन्दा लाग्छ केहि भएको छैन , खाली एकता को गफ मात्रै रहेछ.
    तपाई एमाले माओवादी हरु जे गर्नु होश तर पुरा देश लाइ यसरी बन्दि नबनाउनु होला
    तपाई कम्न्युस्त हरु धर्म नमान्ने भएकोले आउने दशैँ बिदामा एमाले माओवादीको एकता बार्ता गरी मिलाउनु होला तर देश लाई यो दुर्गति मा नराखी छिटोछिटो निर्णय गरेर भटाभट बिकाश का काम गरौँ , यसैमा सबको भलो छ

    5
    1
    Share

  • भेषकुमार लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १५:४४

    कार्यगत एकता गर्नु नै उत्तम हुन सक्छ । निर्वाचनमा पनि कार्यगत एकता गरेर जाने र सरकार पनि त्यसैगरी संचालन गर्न सके कसैले आशंका गर्नु पर्ने छैन ।

    7
    0
    Share

  • Rambahadur sunar लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते १५:५५

    पार्टी एकिकरण गर्ने हो भने अब प्रचण्डले सिधा सिधा भन्न सक्नुपर्दछ, एकताका लागि यसो यसो हुनुपर्दछ भनेर । तर, त्यो पनि पार्टीको साइज, मोटाइ तौल र भोल्यूमका आधारमा । हैन भने ल्याग, ल्याग गरेर बस्नु हुदैन ।

    3
    5
    Share

  • Subhas लेख्नुहुन्छ    |   २०७५ वैशाख ४ गते २३:२३

    Amale lai tagekai ramro.damv dher garyo.amalema bilay hune vay swikare vo.
    Amaleko balmichyai dher vo r oli ma naitikta xoen dekhiyakai kura ho.

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this