Comments Add Comment

के बिहेपछि सोनमले बलिउडलाई गर्दैछिन् बाइबाइ ?

बलिउड अभिनेत्री सोनम कपुर आफ्नो प्रेमी आनन्द आहुँजासँग बिहे गर्दैछिन् । उनीहरुको बिहे आगामी ६ र ७ मेमा मुम्बईमा हुनेछ ।

बिहेको खबर त नयाँ भएन । नयाँ खबर चाहिँ के छ भने बिहेपछि सोनम भारतलाई बाईबाई गर्दै श्रीमानसँग लन्डन सिफ्ट हुनेछिन् । आनन्दले लन्डनको नटिङ हिल्समा एउटा अपार्टमेन्ट पनि हेरिसकेका छन् । अहिले त्यहाँको साजसज्जाको काम भइरहेको छ ।

धेरै बलिउड अभिनेत्रीहरु बिहेपछि अभिनयबाट टाढिन्छन् । सोनमले चाहिँ के गर्लिन् ? कतिपयले उनले बलिउडलाई सँधैका लागि बाइबाइ गर्ने भविष्यवाणी गरेका छन् । कतिपयले चाहिँ उनी लन्डन-मुम्बई आउजाउ गरिरहने र आएका बेला फिल्म खेल्ने अड्कल काटेका छन् । सोनम आफैंले चाहिँ यो विषयमा मुख खोलेकी छैनन् ।

यो निर्णयमा सोनमका बाबु अनिल कपुरको पनि महत्वपूर्ण भूमिका हुनेछ । स्रोतका अनुसार अनिल कपुर छोरीले फिल्ममा निरन्तरता दिएको हेर्न चाहन्छन् । तर, आनन्द श्रीमतीलाई फिल्म खेलाइरहने मुडमा छैनन् । यस्तोमा श्रीमानको अगाडि बाबुले लाचार बन्नुपर्ने हुन सक्छ ।

अहिले चाहिँ दुवैको परिवार बिहेको तयारीमा व्यस्त छन् । यसअघि उनीहरुको बिहे स्वीट्जरल्यान्डमा गर्ने भनिएको थियो । तर, त्यहाँ सम्भव नभएपछि मुम्बईमा नै गर्न लागिएको छ । बिहेमा करिब दुई सय अतिथिहरुलाई निम्तो गरिसकिएको छ ।

सोनम र आनन्द करिब २ वर्षअघिदेखि डेटमा छन् । उनीहरु गत जनवरीमा एउटा ज्वेलरी सपमा सँगै देखिएपछि विहे गर्न आँटेको लख काटिएको थियो । जुन अन्ततः सत्य सावित भयो । आनन्द दिल्लीका विजनेसम्यान हुन् । उनको एपरल नामको ब्रान्ड छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment