५ बैशाख, विराटनगर । प्रदेश १ को प्रदेशसभाले आर्थिक वर्ष २०७४/ ७५ को बाँकी अवधिको बजेट सम्बन्धी विनियोजन विधेयक पारित गरेको छ ।
प्रदेश संसदको बुधबारको २० औं बैठकले विनियोजन विधेयक पारित गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोले प्रदेश सभाको १८ औ बैठकमा उक्त विधेयक टेबल गराएका थिए ।
विधेयकमाथि प्रदेश सांसदहरुले उठाएका प्रश्नको विभागीय मन्त्री आङम्बोले जवाफ दिएपछि ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो ।
विधेयक पास भएसगैं चालु आबको बाँकी अवधिका लागि प्रदेश १ अन्तर्गतका निकायहरुले गर्ने सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार प्राप्त भएको छ ।
यअघि प्रदेश सभाको १२ औं बैठकले आर्थिक कार्यविधि विधेयक पास गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4