Comments Add Comment

सम्झँदै मुख रसाउने तित्रीको फाइदा

सम्झदाखेरी नै मुखमा पानी आउने तित्रीको स्वाद मात्र नभई फाइदा पनि निकै छ । गर्मी मौसमको यो अमिलो फल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । के के छन् त यसका फाइदा ? हेरौँ,

-गर्मीमा तित्रीको सर्बत बनाएर सेवन गर्नु फाइदाजनक हुन्छ । यसको नियमित सेवनले लु लाग्न दिँदैन भने गर्मीका कारण पैदा हुने अन्य दुष्प्रभावसमेत रोक्छ ।

-गर्मी मौसममा अपचको समस्याले धेरैलाई सताउँछ । यसबाट बच्न तित्रीको सेवन गर्नु रम्रो हुन्छ । यसको सेवनले मुखको स्वाद बढाउनुका साथै अपचसमेत हुन दिँदैन ।

-भोक नलाग्नु तथा पेटमा परजीवीहरू संक्रमण भएको अवस्थामा तित्री खाँदा फाइदा पुग्छ । यसको सर्वत एवं माडाले पेटको गर्मी कम गरेर शीतलता प्रदान गर्छ । यसबाट पेटका अन्य समस्या पनि ठीक हुन्छ ।

-गर्मीको समयमा घामका कारण हुने टाउको दुखाइ रोक्न पनि तित्री लाभदायक हुन्छ । छालासम्बन्धी समस्या तथा सुन्निएको ठाउँमा तित्रीको ताप पिसेर लेप बनाई लगाउँदा फाइदा मिल्छ ।

-आयुर्वेदका अनुसार तित्रीको बीउ औषधिका रूपमा प्रयोग हुन्छ । बिच्छीले डसेको ठाउँमा यसको बीउको पाउडर पानीमा खोलेर लागाउँदा आराम मिल्छ ।

-पित्तसम्बन्धी समस्या हुनेले तित्रीपानी खाँदा फाइदा हुन्छ । यसका लागि नियमित राती एउटा बयरको दानाजति तित्री पानीमा भिजाएर राखी भोलिपल्ट बिहान थोरै गुलियो मिसाएर खाली पेटमा सेवन गर्दा एक हप्तामै फाइदा हुन्छ ।

-उल्टी हुने वा वाकवाकी लाग्ने समस्यामा यसको माडा वा सर्बत खानु फाइदाजनक हुन्छ । यसका साथै तित्रीको बोक्रा डढाएर खरानी बनाई थोरै मात्रामा सेवन गर्दा पनि लाभ मिल्छ ।

-टन्सिल भएको वा खोकी लागेको अवस्थामा तित्रीको बीउ पानीमा घोटेर पातलो लेप बनाई त्यसलाई तालुमा लगाउँदा तन्सि तथा खोकी दुवै समस्यामा राहत प्राप्त हुन्छ ।

-तित्रीको सेवनले उच्च रक्तचाप नियन्त्रण गर्छ । साथै तौल कम गर्नका लागि पनि यो लाभप्रद मानिन्छ ।

-पिठिउँ दुखेको अवस्थामा तित्रीको बीउलाई रातभरि पानीमा भिजाएर बिहान बोक्रा फालेर बीउ चपाएर खाँदा फाइदा पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment