Comments Add Comment

बरुण धवनको पारिश्रमिक कट्रिनाको भन्दा पाँच गुणा बढि

बलिउडमा नायक र नायिकाहरुले पाउने पारिश्रमिकबीच ठूलो अन्तराल छ । नायिकाहरुको तुलनामा धेरै गुणा बढि पारिश्रमिक नायिकाहरुले पाउँछन् ।

उदाहरणका रुपमा लिउँ, कट्रिना कैफ र बरुण धवनको । यो जोडी एउटा नयाँ फिल्मको लागि अनुवन्ध भएको छ, जसको नामाकरण हुन बाँकी छ । पारिश्रमिकको कुरा गर्ने हो भने तपाईं छक्क पर्नुहुनेछ । वरुणभन्दा कट्रिना निकै सिनियर कलाकार हुन् । तर यो फिल्ममा कट्रिनाको भन्दा बरुणले झण्डै पाँच गुणा बढि पारिश्रमिक पाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार फिल्ममा वरुणले ३२ करोड पाएका छन् भने कट्रिनाले केवल ७ करोड । फुच्चे स्टारहरुको त यो कुरा छ भने सलमान, शाहरुख र आमिर खानको कुरा के गर्ने ?

आफूहरुको पारिश्रमिक पनि नायकहरुको हाराहारी बनाइनुपर्ने विषयमा केही नायिकाहरुले आवाज उठाउँदै आएका छन् । विगतमा पि्रयंका चोपडा, विद्या वालन लगायतका नायिकाले यस्तो आवाज उठाएका थिए । तर, उनीहरुको कुनै सुनवाई हुनेवाला छैन ।

हिन्दी फिल्मका दर्शकहरु प्राय हिरोको टाउको हेरेर हलसम्म तानिन्छन् । हिरोइनका कराण फिल्म चलेका उदाहरण निकै कम छन् । त्यसैले नाम चलेको हिरोका लागि निर्माता निर्देशकहरु जति रकम पनि खन्याउन तयार हुन्छन् ।

ठूला स्टारहरुले त चर्को पारिश्रमिकबाट पनि चित्त बुझाउँदैनन् । उनीहरु फिल्मले गर्ने मुनाफाको सेयर पनि लिने गरेका छन् ।

वरुण धवनको कुरा गर्ने हो भने उनी अहिलेसम्म असफलताको स्वाद नचाखेका नायक हुन् । उनले लगातार ९ वटा हिट फिल्म दिएका छन् । एकपछि अर्को फिल्ममा उनको भाउ बढिरहेको छ । विशेषगरी उनको डान्सको प्रशंसा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment