६ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबारदेखि सुरु भएको छ । वषर्ा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पुल्चोकबाट सुरु भएको हो । दिउँसो मीननाथको रथलाई पुल्चोक पुर्याएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको हो ।
पहिलो दिन रथलाई तानेर नःटोल पुर्याइएको छ । रथ तान्ने पर्वभरी होम र गाई दान गर्ने गरिन्छ । रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा ठूलो जात्रा हो ।
रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाउने गरिन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।
तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4