Comments Add Comment

राजाले किन बदले देशको नाम ?

दुनियाँमा यस्ता शासक कमै हुन्छन् जसले आफ्नो देशको नाम नै बदल्छन् । अझ अहिलेको एक्काइसौँ शताब्दीमा आएर देशको नाम नै परिवर्तन गर्नु भनेको निकै अनौठो कुरा हो ।

अफ्रिकाको एउटा देशका राजाले बुधबार आफ्नो देशको नाम बदलेका छन् ।

अफ्रिकाको अन्तिम राजतन्त्र मुलुक स्वाजिल्याण्डका राजा मस्वातीले देशको नाम परिवर्तन गरेका हुन् ।

मस्वाती तृतीयले बुधबार स्वाजिल्याण्ड देशको नाम बदलेर दी किंगडम अफ इस्वातिनी नामाकरण गरेको घोषणा गरेका छन् ।

देशको स्वतन्त्रताको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित समारोहमा राजाले यस्तो घोषणा गरेका हुन् ।

नयाँ नामको अर्थ

इस्वातिनीको अर्थ हो स्वाजीहरुको भूमि । यद्यपि, यो परिवर्तन अप्रत्यासित थियो । तथापि राजा मस्वाती स्वयंले भने वर्षौँदेखि आफ्नो देश स्वाजिल्याण्डलाई इस्वातिनी भन्दै आएका थिए ।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने क्रममा तथा सन् २०१४ मा देशको संसदको उद्घाटन गर्ने क्रममा पनि उनले यो नामको प्रयोग गरेका थिए ।

तर देशको नाम बदलिएको बाट सबै जनता खुसी छैनन् । राजालाई यस्ता अनावश्यक कुरामा ध्यान दिन छाडेर देशको अर्थव्यवस्था सुधार्नेतर्फ ध्यान दिन जनताहरुले सुझाव दिएका छन् ।

स्मरण रहोस् यी राजाका १५ वटी पत्नी छन् । यिनका बुवा राजा सोभूजा द्धितीयले देशमा ८२ वर्ष शासन गरेका थिए र उनका १२५ वटी पत्नी थिए ।

यो देशमा राजालाई सिंह भन्ने चलन छ र राजाहरु धेरै भन्दा धेरै महिलाहरुसँग बिहे गर्न र पारम्परिक पहिरन लगाउनमा चर्चित छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment