Comments Add Comment

पाठेघर पीडाः एकै महिनामा किन फालियो ४६ पाठेघर ?

मोरङ सहकारी अस्पताल, बिराटनगरमा गत चैत महिनामा ४६ वटा र माघ १४ गते देखि चैत मसान्त सम्ममा ७८ वटा म र मेरो मेडिकल टिमले शल्यक्रिया गरेर पाठेघर फालियो । ती सबै पाठेघरमा कुनै रोग थिएन, स्वस्थ्य थिए तर आफ्नो ठाउँमा थिएन ।

यसरी पाठेघरको समस्य बोकेर आउनेहरुको उमेर ४६ बर्ष हाराहारी थियो । उनीहरुको पाठेघरस्वस्थ्य भए पनि योनीमार्गबाट बाहिर निस्किएका थिए । यो त्यस्तै अवस्था हो, जसलाई हाामी आङ खसेको भन्छौं । मेडिकल भाषामा चाहि, प्रोलाप्स युटेरस ।

भोजपुरका १८, सप्तरीका १६, उदयपुरका १५, सुनसरीका ११, सिरहाका १०, मोरङ्गका ४, तथा झापा, खोटाङ्ग, पाचथर र धनुषाका १-१ गरी ७८ महिलाहरुको पाठेघर शल्यक्रिया (भिएच) गरी फाल्न सफल भयौं ।

नेपाली महिलाको बोझ

आङ खस्ने समस्या नेपालमा मात्र नभई संसार भरी नै रहेको छ । करिब २ देखि २० प्रतिसत महिलाहरु आङ खस्ने समस्याबाट पिडित रहेको विभिन्न तथ्यांकले देखाएको छ । नेपालमा अझै पनि १० लाख महिलाहरु यो समस्या हुन सक्ने अनुमान गरिए तापनि यर्थात तथ्यांक भने छैन । बृद्ध महिलाहरु धेरै लाज मान्ने अनि धेरै सहेर बस्न खोज्ने भएको कारणले आङ खसेका आमाहरु आफ्ना समस्या लुकाउने गर्छन् ।

कतैकतै आफ्ना समस्या राखे पनि आर्थिक वा अन्य कारणहरुले परिवारका सदस्यहरुले वास्ता नगरेको तथा परिक्षण नगराई दिने गरेको पनि भेटिन्छन् ।

कुनै कुनै आमाहरु शल्यक्रियाबाट डराउने र परिक्षण गराए अप्रेसन गरिहाल्छन् भन्ने डरका कारण पनि आफ्नो समस्या लुकाएको पाईन्छ । यी यस्ता कारणले हाम्रो समाजमा अझै पनि आङ खसेका महिलाहरुको वास्तविक संख्या पत्तालगाउन कठिनाई भएको हो भन्दा फरक नपर्ला ।

हालै गण्डकी मेडिकल कलेज, कलेज अफ नर्सिङ साईन्सका मुना सिलवालका टिमले २०१६ जुलाई ६ देखि २०१७ अगष्ट ७ सम्ममा गरेको अध्ययनले १३ प्रतिसत महिलामा आङ खस्ने सम

डा. बालकृष्ण साह

स्या रहेको देखाएको छ । जब कि यो ईटालीमा संख्या ५ दशमलब ५, अमेरिकामा ११ दशमलव ४ अनि क्यालिफोर्नियामा १ दशमलव ९ प्रतिसत मात्र रहेको छ ।

किन खस्छ आङ ?

आङ खास्नुको पछाडि कुनै न कुनै तर्फबाट गर्भ नै जोडिएको देखिन्छ । कम उमेरमा विवाह गर्नु अनि बच्चा पाउनु, धेरै बच्चा जन्माउनु, जन्मान्तर कम गर्नु अनि सुत्केरी अवधिमा गार्‍हो काम गर्नु, भारी बोक्नु आङ खस्नुका प्रमुख कारणहरु हुन् ।

कुपोषण, कब्जियत, धुम्रपानको सेवन, दमखोकी, डेलिभरी लगतै यौनसम्पर्क, मोटोपन जस्ता समस्याले पनि आङ खस्नमा मद्दत गर्ने गरेको अध्ययनहरुले देखाएका छन् । हामीले शल्यक्रिया गरेका मध्ये ७२ वटा अर्थात ९२ प्रतिसत महिलाको ३ भन्दा बढि सन्तान पाएको देखियो ।

मुना सिलवालको अध्ययनमा आङ खसेका महिलाहरुमा ९२ प्रतिसतको नर्मल डेलिभरी, ७ प्रतिसतको सिजरियन तथा १ प्रतिसतमा औजार प्रयोग गरेर प्रसव गराएको थियो भने हामीले शल्यक्रिया गरेका आङ खसेका महिलाहरुमा सतप्रतिसतको नर्मल डेलिभरी भएको रहेछ ।

लामो समयसम्म ब्याथा लगेर बस्नु (प्रोलङ्ग लेवर) तथा घरमा प्रसव गराउनुले पनि आङ खस्ने समस्यालाई बढाउने रहेछ ।

आङ खस्ने सबैलाई शल्यक्रिया गर्नु पर्दैन तर अलिकती पनि आङ खसेको छ भने औषधि खाएर पुरानो ठाउमा पाठेघर फर्किदैन । पाठेघर थोरै तल आएको छ भने केहि अभ्यास गर्नु पर्ने हुन्छ जसले गर्दा पाठेघरलाई आफ्नो स्थानमा रहन मद्दत गर्ने माशंपेशीहरु बलियो हुन्छ । त्यसैले पाठेघर थप तल झर्नेबाट रोकिन्छ ।

यसो गर्दा पाठेघर तल आएकोले गर्दा हुने गरेको ढाडको दुखाई तथा पटक पटक हुने पिसावको संक्रमणमा कमी आउने हुन्छ । तर पाठेघर योनीमार्ग बाहिर आएको अवस्थामा रिंग (चुरा) लगाउने वा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ ।

चुरा वा रिंग पेस्सरी लगाउदा पाठेघर भित्र अडिने हुन्छ तर यो ३-३ महिनामा फेर्नु पर्नेहुन्छ । त्यसैले दिर्धकालिन र भपर्दो उपाय शल्यक्रिया नै हो । यो शल्यक्रिया पेट चिरेर गरिदैन

। यसरी आङ खसेको अवस्थामा गरिने शल्यक्रिया योनीमार्गबाट नै गरिने हुन्छ र पुनः योनीमार्ग बनाउन सकिने भएकोले यौनजीवनमा धेरै असर गर्दैनन् ।

हुनत आङ खस्नबाट पुर्णरुपमा रोकिन्छ भन्नै छैन तर केहि सजग भएर सावधानी अपनाए सम्भावना घट्ने हुन्छ ।

·  मुख्यतः २० बर्ष नपुगी विवाह नगर्ने । विवाह गरे पनि सन्तानको चाहना २० नपुगी नगर्ने ।

·  गर्भावस्थामा स्वास्थ्यको राम्रो ध्यान पुर्‍याउने, नियमित परिक्षण गर्ने, गार्‍हो काम नगर्ने र भारी नबोक्ने ।

· घरमा प्रसव नगराउने, लामो समय ब्यथा लगाएर नबस्ने ।

· प्रसव पछिको ४२ दिन अत्यन्त महत्वपुर्ण समय हो । यस समयमा पटुका बाध्ने, गार्‍हो काम नगर्ने र भारी नबोक्ने, यौनसम्पर्क नगर्ने तथा खानपान र सरसफाईमा राम्रो ध्यान पुर्‍याउने ।

· धुम्रपानको सेवन नगर्ने ।

· उच्चरक्तचाप, कब्जियत, दिर्धखोकी, दम आदि रोगको समयमा उपचार गर्ने ।

· मोटोपन नियन्त्रण गर्ने र नियमित व्ययाम गर्ने ।

पाठेघर फालिसके पछि स्वास्थ्यमा समस्या आउछन् कि भन्ने धेरै महिलाहरुले चिन्ता लिएको पाईन्छ । कति आमाहरुलाई त पाठेघर फालेपछि क्यान्सर नै हुन्छ कि भन्ने डर रहेको पनि पाईयो । तर वास्तविक्ता त्यस्तो छैन ।

कम उमेरमा नै आङ खसेकाले शल्यक्रिया गरि पाठेघर फाल्नु परेको अवस्थामा शल्यक्रिया भएको केहि बर्ष पछि पुनः भल्ट प्रोलाप्स अर्थात योनीमार्गनै खस्ने सम्भावना हुन्छ । हुनत यो सम्भावना सबैमा रहन्छ तर आङ खसेको शल्यक्रिया गर्दा राम्ररी ध्यान पुर्‍याएर गरेको अवस्थामा भल्ट प्रोलाप्स हुने सम्भावना कम हुन्छ । यस बाहेक भजाईनल हिस्टेरेक्टोमी -भिएच) ले महिलामा कुनै नराम्रो असर समान्यता देखिने गरेको छैन । यसले कुनै किसिमको क्यान्सर गर्दैन ।

के हो पाठेघर ?

महिलाहरुको महत्वपुर्ण प्रजनन् अंग हो, पाठेघर । भित्र खाली अनि बाहिरबाट हेर्दा नास्पती आकारमा रहेको मासुको डल्लो जस्तो देखिने पाठेघर, तल्लो पेटमा पिसाब थैली र मलाशयको बीचमा रहेको हुन्छ । निषेचित अण्डा -फर्टिलाईज्ड ओभम्) पाठेघरमा आएर विकशित हुने र भ्रुण हुदै बच्चा भएर जन्मिने भएकोले यसलाई गर्भ पनि भन्ने गरिन्छ ।

पाठेघर नभएको महिला आमा बन्न सक्दैनन् र हरेक मानिसको जन्म पाठेघरबाट नै भएको हुन्छ । यस बाहेक पाठेघरको भित्रितह टुक्रिएर महिनावारी हुने अनि केहि हर्मनको उत्पादन र सन्तुलनमा पनि यसले मद्दत गर्ने गरेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment