Comments Add Comment

सार्कलाई गतिशील बनाउन नेपालको रचनात्मक भूमिका रहन्छः सभामुख महरा

९ वैशाख, काठमडौं । सभामुख कृष्णबहादुर महराले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई अघि बढाउन नेपालको संसदले रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् ।

सभामुख महराले सार्कलाई गतिशील बनाउन सघाउ पुर्‍याउने उद्देश्यका साथ ‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्टिभनेश’ नामक पुस्तकनै प्रकाशन गरिएको पनि स्पष्ट पारे ।

संघीय संसदले सार्कका गतिविधिलाई समेटेर तयार पारेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले तीन वर्षयता सार्क शिखर सम्मेलन हुन नसक्नु दुःखद भएको बताए ।

सभामुख महराले पाकिस्तानको इस्लामावादमा आयोजना गरिएको सार्कको १९ औं शिखर सम्मेलन आयोजना हुन नसक्नुले यसको आचित्यमाथि नै प्रश्न उठ्ने गरेको स्मरण समेत गराएका छन् ।

उनले सार्कलाई गतिशील बनाउने कार्यमा नेपालको संसदले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सभामुख महराले प्रतिनिधिसभा नियमावली र राष्ट्रियसभा नियमावली पारित हुनेवित्तिकै संसदले समितिहरुमार्फत् अन्तर्राष्ट्रिय संघ, संस्थाहरुको गतिविधिलाई प्रभावकारी बनाउन आवश्यक पहल गर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment