Comments Add Comment

मुख्यमन्त्री राई बने तीन बालबालिकाको अभिभावक

९ वैशाख,विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

मोरङको पूर्वी दक्षिणको रतुवामाई नगरपालिका-६ कादुपाडाका रेंजीना खातुन, शुदर्सन मुर्मु र विनोद मुर्मको अभिभावकत्व ग्रहण गर्दै मुख्यमन्त्री राईले उनीहरुलाई स्थानीय सामुदायिक सरस्वती माविमा भर्ना गरिदिएका छन् ।

मुख्यमन्त्रीलाई अभिभावक पाएका उनीहरु अल्पसंख्याक र सीमान्तकृत समु्दायमा पर्दछ्न ।

आभिभावक आर्थिकस्थिति न्यून रहेका ती परिवारका ५ वर्षीय खातुन, ६ वर्षीय सुर्दशन र ६ वर्षीय विनोद नर्सरीमा भर्ना भएका छन् ।

सरकारले १ वैशाख देखि १४ गतेसम्मका लागि विधार्थी अभियान सञ्चालन गरेको छ ।

सरस्वती माविमा आयोजित विधार्थी भर्ना अभियानमा तीन विधार्थीको अभिभावकत्व ग्रहण गदै मुख्यमन्त्री राईले कक्षा १० सम्मको पठनपाठनको जिम्म्ाा लिएका छन् ।

रतुवामाई नगरपालिकाले उनीहरुको लागि पाठ्यपुरुतक र पोशाकको व्यवस्था गरेको थियो ।

नगरपालिकाले सहयोग गरेको पाठ्यपुस्तक र पोशाक मुख्यमन्त्री राईले उनीहरुलाई प्रदान गरेका थिए ।

विद्यालय जानबाट कोही पनि उमेर पुगेका बालबालिका नछुटून् भन्ने उद्देश्य नेपाल सरकारले सुरु गरेको अभियानमा मुख्यमन्त्री राई पहिलो पल्ट अभिभावक बनेका हुन ।

विद्यार्थी भर्नापछि बोल्दै मुख्यमन्त्री राईले अभिावकत्व गहण गरेका तीन बालबालिकाको सम्पुर्ण पठाइको जिम्म्ाा आफूले लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment