+
+
Shares

युवाहरुलाई विदेशमा ल्याएर फसाउनेलाई कुनै हालतमा नछोडिने

जनशक्ती कम भयोः नेपाली दूतावास

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७५ वैशाख १० गते १२:१३

मलेसिया । तीन दिनदेखि मलेसियामै रहेका तीन जना युवा सांसदहरुले वैदेशिक रोजगारीमा अनेकौ आश्वासन देखाएर युवाहरुलाई फसाउनेहरुलाई कुनै हालतमा नछोड्ने बताएका छन् ।

उनीहरुले भने,’मलेसियाबाट र्फके लगत्तै श्रम तथा परराष्ट मन्त्रीलाई भेटछौ गरीब नेपालीका छोराछोरीलाई गाउँदेखि विदेशमा समेत ठग्नेको जालोलाई तोड्नेमा पछि हट्ने छैनौ ।’

नेपाली दूतावास मलेसिया, मानबअधिकार आयोग मलेसिया,मलेसियन बार काउन्सिल,मलेसियामा रहेका स्थानीय संघसंस्था,नेपाली संघसंस्थाका प्रतिनिधि तथा विभिन्न श्रमिकहरुलाई भेटेपछि उनीहरु यस्तो निचोडमा पुगेको बताएका हुन् ।

देशमै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिएका उनीहरुले गरीब नेपालीका छोराछोरीलाई चुसेर आलिशान महल ठड्यार मैहु भनेर हिड्नेहरुलाई विस्तारै तह लगाएरै छाड्ने बताए ।

सांसद रामकुमारी झाकि्रले भनिन्,’चिल्ला कुरा गरेर फसाउनेहरुका दिन गए, वैदेशिक रोजगारीका वेथितिहरुमा सुधार आउँदैछन केही दिनपछि हेर्दे जानुहोस अब बिस्तारै थाहा पाउनु हुनेछ ।’

अर्का सांसद डा.दिपक प्रकाश भटटले विदेशमा सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्नुपर्ने, विदेशआउनु पूर्व आफूपनि निकै चनाखो हुनु पर्नेमा जोड दिए ।
उनले थपे, ‘कसैको आश्वासन सुनेर विदेश नआउनुहोस थुप्रै रोजगारीको सिर्जना देशमै पनि भएको छ ।’

यसैगरी अर्का सांसद प्रकाश रसाइलीले सबै मिलेर देशमै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘गरीब नेपालीलाई विभिन्न बहाना वनाएर गाउँदेखि विदेशसम्म ठगेका छन् उनीहरुलाई कुनै हातलमा पनि छाडिदैन ।’ उनले भन ।

जनशक्ती कम भयोः नेपाली दूतावास

वैदेशिक रोजगारीमा करीब सात लाख नेपाली रहेको मलेसियामा थोरै जनशक्तीले काम गर्नुपरेको नेपाली दूतावास मलेसियाले जनाएको छ ।

मलेसियामा श्रमिकहरुकोे अवस्था वुझन पुगेका सांसदहरु समक्ष दूतावासले यस्तो भनाइ राखेको हो । ‘धेरै नेपालीहरु हुनुहुन्छ थोरै जनशक्ति छ भनेको ठाउँमा पुग्न सकेका छैनौ, सकेसम्म सेवा दिइरहेको बताउँदै कसैले नेपाली श्रमिकहरुलाई समस्या पारिरहेको भएमा सम्पर्क गर्न अनुरोध समेत दूतावासले गरेको छ,’ मलेसियाका लागि कार्यवाहक राजदूत कुमार खरेलले भने,’ समस्या भयो भन्दैमा कम्पनी नछाड्नुस सम्पर्कमा आउनुहोस न्याय पाउनु हुनेछ ।’

प्रवासी नेपाली समन्वय समितीका महासचिव सोम लामिछानेले मलेसियामा पिएनसिसि भन्ने संस्थाले नेपाली श्रमिकहरुको लागि काम गरिरहेको र सबै सेवा निःशूल्क हुने भएकाले समस्या परेका नेपालीहरु सम्पर्कमा आएर सेवा लिन आग्रह गरे ।

लामो समयदेखि श्रमिकहरुको लागि काम गरिरहेका अधिवक्ता सोम लुईटेलले सरकारले श्रमिकहरुको नयाँ कानूनहरु ल्याइरहेको र ल्याउने तयारी गरिरहेको बताउँदै धेरै श्रमिकहरुले ज्ञान नपाएको कारण अझ ठगिएको वताउदै सचेत नागरिकहरुले सवैमा जानकारी गराउनु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?